मनाङका १३ बर्ष मुनिका बच्चाहरूलाई न्यानो ज्याकेट प्रदान

चिसोले कठ्याँग्रीएका मनाङका स्थानीय १३ बर्ष मुनिका बच्चाहरूलाई न्यानो ज्याकेट प्रदान गरेको छ। न्यानो ज्याकेट दिएपछि उनीहरु खुुसी भएका छन् ।

नेपाली कांग्रेसको भातृ संगठनले मनाङका बालबालिकाका लागि ‘जाडोमा न्यानो’ नारा राखी ज्याकेट वितरण गर्ने अभियानका साथ दन्त शिविरको टोलीसहित आयोजक टोली २०७७ मंसिर २७ गते शनिबार साँझ ६ बजे नासोँ गाउँपालिका धारापानीमा पुगेको थियो । यसरी कपडा पाउँदा बालबच्चाहरु खुसी भएका छन् । समाजसेवी तथा यती होटलका प्रबन्ध निर्देशक विनोद गुरुङले ज्याकेट दिएकोमा खुसी हुँदै अहिलेका दिनहरु राम्रै आएको प्रतिक्रिया दिएका छन् ।

उक्त टोलीलाई नासोँ गाउँपालिका उप–प्रमुख कमल माया गुरुङ, चामे गाउँपालिका उप–प्रमुख मुनिन्द्र जंग गुरुङ र नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सचिव सुरेन्द्र गुरुङले धारापानीमा स्वागत गरेका हुन् ।

नेपाली कांग्रेस मनाङको भातृ संगठनले आयोजना गर्न लागेको बालबालिकाहरुका लागि ज्याकेट वितरण गर्ने कार्यक्रममा नेपाल विद्यार्थी संघ मनाङका सभापति अनिल गुरुङ, नेपाली कांग्रस तरुण विभागका केन्द्रिय सदस्य कर्म गुरुङ र सोनम लामा तथा दन्त शिविरमा डा। दिनेश शर्मा भुसाल, डा. आयुष खरेल, डा. सुमी मल्ल, डा. सुजता डंगोल र नेपाली कांग्रेस मनाङको भातृ संगठनका संरक्षक अमर गुरुङसहित १५ जनाको टोली मनाङ पुगेको हो । बच्चाहरुमा खुसी थपियोस र चिसोमा न्यानोको अनुभूति हुन सकोस भनेर यस्तो कार्यक्रम सञ्चालन गरिएको उक्त टोलीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here