अहिलेसम्म निःशुल्क रहेको अन्तर बैंक एटिएम कारोबारमा अब शुल्क लाग्ने भएको छ । यस अघि कोरोना कहरको समयमा निशुल्क गरिएको इन्टर बैंक एटिएम सेवा अब फेरी शुल्क लाग्ने भएको हो । नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको समिक्षा जारी गर्दै अबदेखि इन्टर बैंक एटिएम सेवा शशुल्क हुने जनाएको छ । चाडपर्व तथा कोभिड १९ को बेला ग्राहकलाई सहजता दिने उदेश्यले विद्युतीय कारोबार निशुल्क गरीएपनि एटिएम सेवामा बिकृति बढेकाले शशुल्क गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले समीक्षा सार्वजनिक गदै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतिय भुक्तानी विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने बताए ।
हाल नीतिगत व्यवस्था गरेको र शुल्क निर्धारण भने सम्बन्धीत विभागले कार्यविधि बनाएर लागू गर्ने उनले बताए ।आफ्नै ग्राहकलाई निशुल्क हुने तर अन्य बैंकको ग्राहकसंग निश्चित रकमसम्म निशुल्क र त्यो भन्दा माथि शशुल्क हुने गरि नयाँ निर्देशन दिने नेपाल राष्ट्र बैंकको तयारी छ ।