रसुवामा राहतको नाममा कुहिएको चामल बितरण

चिलिमेमा कुहिएको चामल राहत वितरण गरिएको छ। रसुवा जिल्लाको आमाछोदिङमा गाउँपालिकाकामा राहत वितरणमा कुहिएको चामल पाइएको हो। राहत वितरणका लागि लिएको चामल कुहिएको पाइएको आमाछोदिङमा गाउँपालिका वडा नं ५ का एक स्थानीयले बताए । यसरी कुहिएको चामल बितरण गरेको भन्दै सबैजनाले फिर्ता गरेका छन् ।

कुहिएको चामल खान मिल्ने भन्दै फिर्ता गरिएको स्थानीयले बताएको छ। राहात वितरण भने काग्रेस निकटका सुरेश तमाङ, फुर्वा छेवाङ तमा र अन्य मिलेर गरेको वडा अध्यक्ष टासि छेवांङ तामाङ बताएका छन् । राहात वितरण पनि गरे त्यो पनि कुहिएको चामल साथै स्थानीय प्रशासन र वडामा समन्वय समेत गरेनन् उनले बताए । वडा अध्यक्षले कुहिएको चामल बितरण गर्नेलाई कारबाहीको प्रतिवद्धता व्यक्त समेत गरेका छन् । पीडित जनतालाई बाँडिएको चामल कुहिएको फेला पर्नु गम्भीर बिषय हो, उनले भने, कारबाहीका लागि आफ्नो तर्फबाट पहल गर्ने छु ।

https://www.facebook.com/maheshwor.gajurel/videos/380121863071875/?t=5

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here