बालबालिकालाई कोरोना र लकडाउनले पारेको असर

आज आठ महिना बढी भयो बालबालिकाहरु विद्यालयजाननपाएको जिज्ञास तथा कलिला मस्तिष्कका बालबालिकाहरु जसले आफ्नो पूरा बर्षको मिहिनतलाई परीक्षको माध्यमबाट आफ्नो ल्याकत देखाउने बेला कोरोना भाइरसका कारण बार्षिक परिक्षा समेत ढेक्क सँग दिन नपाएका ती अबोध बालबालिकाहरु यत्तिका लामो समयदेखि आफ्नो घर भित्रै कैदी जस्ता भएका छन ।
यो कोरोनाको महामारी कहिले नियन्त्रण हुने र विद्यालय कहिले खुल्ने भन्ने जिज्ञासा सबैमा लागि रहन स्वभाविका भइरहँदा विभिन्न समाचार माध्यमहरुबाट, कहिले भदौ १५, दशै तिहार पछि, छठ पछि जस्ता समाचार आइरहेका छन् । यसको ठेक्का लिएको संस्था ध्ज्इ ले समेत कोरोना कथित महामारी समिन अझै दशक देखि ५ बर्षको समय लाग्ने भनेको छ । र विद्यालय कहिले खुल्ने, पढाई कहिने हुने ? अनिश्चित छ जसका कारण बालबालिकाहरु शिक्षको उज्यालोबाट बञ्चित भएका छन् ।
यस लकडाउनले लगभग सबै जसोमा मानसिक तनाव सिर्जना गरेको छ । तर व्यावसायीक तथा कर्मचारी जो कामकाजी उमेरका छन् । उनीहरुमा हुने मानसिक तनाब र बालबालिकामा हुने मानसिक तनाब विच आकाश जमिनको फरक छ । जव बालबालिका चौरमा खेल्न पाउछन् साथीहरु सँग गफिन पाँउछन, शिक्षकहरु सँग प्रश्नोत्तर गर्न पाउँछन अनि बल्ल बालमष्तिस्क बृद्धिमान बन्न थाल्दछन् तर आज खेल्ने चल्ने विद्यालय जाने उमेरका कलिला बालबालिकाहरुलाई लकडाउनले सबभन्दा धेरै मानसिक तनावमा पारिदिएको छ ।
बयस्क तथा बृद्ध बृद्धहरुलाई घर भित्र बसिरहदा मानसिक तनाब हुन्छ भने बालबालिकालाई त झनै घर भित्रै बस्नुको मानसिक पीडा र तनाब खपिसक्न छैन । जव कुनै मेसिन चलाएनौं भने खिया लाग्छ र चाडै विग्रन्छ भने बालबालिकाहरुलाई घरभित्र छेकेर राख्दा चलिरहनु पर्ने चञ्चल बालस्वभाव आज कुण्ठित र निराश भएको छ । खित्का छोडेर हास्ने अनुहार आज मुस्कुराउन छाडेको छ । बालबालिकाका अनुहारहरुमा आज मलिनता छाउन थालेको छ । उमेर अनुसारका बातावरण नपाउदा उनीहरु निराश र टिठलाग्दा भएका छन् । साथीसँग भेटघाट गर्न खेल्न कुदन र हाँसखेल गर्न नपाँउदाको पीडा हामीले बयस्कहरुले समेत महसुस गरेका छौं भने बालबालिकाहरुमा यसको असर कत्रो परेको होला ? अनि भविस्यमा लामो समय पछि सम्म यसको कत्रो असर हामीले अनुभाव र महसुस गर्न सक्दैनौ ।
खाउँखाउँ लाउँलाउँ उमेरका बालबालिकासँग अहिले न पुस्तक छ न त स्कुल न त साथी नै । अभिभावक पनि बाध्य छन् कतै बाहिर घुम्न घुमाउन लग्ने वातावरण देखेका छैनन् । यस अवस्थामा बालबालिकाले नै अभिभावक न साथी न खेल सामाग्री नै पाएका छन् । न रमाइलो छ न त फुर्ति र भविस्य प्रतिको कुनै आकाँक्ष र योजना नै । छ त त्रास अनि कोलाहल केवल कोरोनाको ।
मुलुकका भविस्यका कर्णधारमा आएको यो मनोदशा र नकारात्मक परिवर्तन कुलुकका लागी कदापी राम्रो लक्षण होइन् । अत्यन्तै चिन्ताको विषय हो । यसमा कसैको ध्यान किन गइरहेको छैन । विश्वमा कथित कोरोना संत्रलमण बढदै गइरहेको कारण देखाई सरकारले देशभरिका विद्यालयहरुलाई चैत्र ५ गते भित्र आफ्ना सबै बार्षिक लगायतका सबै परिक्षाहरु सम्पन्न गर्न निर्देशन दिएपछि सबै विद्यालयहरु बन्द भए र त्यस पछि एकाएक बन्द भएका विद्यालय आज आठ महिनाको अवधिमा पनि खुल्न नसक्दा खण्डहरु जस्तै बनेका छन् । भुतबंगला जस्तै भएका छन् ।
आफुले शिक्षा आर्जन गर्ने खेल्ने कुदने र साथीहरुसँग रमाइलो गर्ने पवित्र मन्दिरमा कोरोनाका विरामी र आइस्वलेसनमा कक्षा राखिएको, अनि अरु कसैलाई छिर्न समेत नदिएको कुराले उनिहरुको बालमुटुलाई कति भत भत पोलिरहेको होला !
स्वास्थ्य ठूलो त हो तर त्यसैका बहानामा अलमल्ल गरिरहदा हजारौ विद्यार्थीमा मानसिक विचलन आयो भने बन्दाबन्दै कै कारण उनीहरुमा पढाईप्रति नै वितृष्णा जाग्यो भने या केहीले नतिजा कमजोर आएकै कारण पढाइ प्रतिको रुचि त्यागे भने त्यसको जिम्मा कसले लिने ? त्यो घाटा कस्लाइ पर्छ ? स्वाभाविकरुपमा बालबालिकालाई मात्रै होइन सिङ्गो परिवार, सिङ्गो समाज र प्रकारान्तरले यो राज्यकै ठूलो घाटा हुने छ र परिपुर्ति गर्ने नसकिने क्षति हुने छ ।
हाल लकडाउन खुकुलो भएको छ । बजारहरु खुलेका छन् । होटेल पसलहरु यथावत रुपमा चल्न थालेका छन् । रेष्टुरेन्टहरुमा त्यतिकै चहलपहल छ । बजारमा भिडभाड बढेको पनि छ । उद्योग कलकारखानाहरु पनि सञ्चालन भएकै छन । अत्यन्तै भिडभाड र अस्तव्यस्त रहने सरकारी कार्यलय, मालपोत, यातायात, नापी, अदालत, खानेपानी, विद्युत जस्ता कार्यलय पनि त खुल्लै छन् तर बिडम्बना जस्तो सुके कठित र अप्ठारोे परिस्थतिमा समेत बन्द हुनु नहुने शिक्षा क्षेत्रका लागि भने हामी अनावश्यक बन्दको एकतर्फी रटानमा अडिएको अडिएै छौं ।
सारा क्षेत्र खुलिरहेको अवस्थामा शिक्षा क्षेत्र मात्रै बन्द गरिनुको निहितार्थ उद्देश्य के हो ? बुझिनसक्नु छ । कोरोनाको कहरले अर्थतन्त्रमा पुगेको क्षति भर्न त हामी पनि गर्न सक्छौं । तर विद्यार्थीको पढाईमा पुग्ने क्षती हामी कहिल्यै पुर्ति गर्न सक्तैनौ । नेपालको शिक्षा क्षेत्र भित्रको यो डर लाग्दो तस्विर संकटको यस घडीमा नेपालको शैक्षिक प्रणालीलाई कोमामा पुग्न नदिन अब हेलचेक्राईँ नगरौं । त्यसैले विधालय पुग्न जटिल रहेको यो भयाभह अवस्थामा विधार्थीहरुलाई नियमित शिक्षक गतिविधिहरुबाट टाढा हुन नदिन तत्काल विद्यालय खोलेर उनिहरु सँग भौतिक रुपमै शैक्षिक सम्पर्क मजबुत गर्न जरुरी भईसकेको छ । कोरोनाको त्रास देखाएर कतै हामी आफैले ती खेल्ने कुदने रमाउने उमेरका बालबालिकालाई घर भित्रै थुनेर उनिहरुको व्यक्तित्व र शारीरिक विकासमा बाधा पु¥याईरहेका त छैनौ ? ती कलिला मस्तिष्कमा निराशा कुण्ठा र हीनताबोध झन डम्म भरिदिएका त छैनौ ? मनोबैज्ञानिक ढंगले गम्भीर चिन्तन गर्न जरुरी छ ।
सरकारले असार १ गते देखि अनलाईन भर्चुअल र दुरशिक्षाको हावा पिटाईरहेको थियो । तर यसले नत सबै बालबालिका नै समेट्न सकेको छ । न त त्यती प्रभावकारी र परिणाममुखी नै ? बरु शहरीया केही सिमित अभिभावकका आँखामा छारो हाल्ने प्रयास मात्रै भएको छ । अनलाईन कक्षा हाम्रो नेपालमा जस्तो देशमा कक्षा कोठाको पूर्णतः विकल्प अनलाईन कक्षा न त कहिले भएको थियो न त प्रभावकारी हुने नै देखिन्छ । यसर्थ सावधानी अपनाएर विद्यालय खोल्न आलटाल गर्नु बालबालिकाको शिक्षा प्रति गैर जिम्मेवारी बन्नु हो । बजारमा हुलका हुल मानिस आवातजावात गर्दा, पसल र सुपर मार्केटमा भिड लाग्दा कोरोनाको वास्ता नगर्ने हामीहरुले विद्यालयलाई मात्र महामारीको एक मात्र जोखिमको केन्द्र देख्नु गलत मानसिकताको उपज हो । शिक्षा क्षेत्रमा पर्न लागेको यो दुरगामी नकारात्मक असरले विद्यार्थीहरुको मात्रै भविष्य विग्रीदैन, यसले सिङ्गो समाज र राष्ट्रको भविष्यलाई नै दीर्घकाल सम्म अन्धकार तर्फ धकेल्न सक्छ । केवल कोरोना महामारीको अवस्था देखाएर शिक्षा क्षेत्रको यो भयानक र दर्दनाक स्थितिबाट अब उम्किन मिल्दैन ।
स्वास्थ्य प्रति उच्च साबधानी अपनाउँदै बन्द विद्यालय खोल्न अब कति पनि ढिला नगरौं । निराश कुण्ठित र मानसिक तनाबमा परेका कलिला बालबालिकाहरुलाई नियमित शैक्षिक गतिविधिहरुबाट टाढा राखेर अझ बढी मानसिक तनाबमा नपारौं । उनिहरुको सिर्जनशीलतालाइृ नमारौं । बौद्धिक र शारिरिक विकासलाई अबरोध नगरौं यथाशीघ्र विद्यालय सञ्चालन गरौं र शैक्षिक गतिविधिलाई अगाडि बढाऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here