कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको निधन

कोरोना भाइरसको संक्रमणबाट एक जना जनस्वास्थ्य अधिकृतको निधन भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत ५० वर्षीय जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार निधन भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि देवलाई १७ दिन अघि बिराटनगरस्थित नोवेल अस्पताल पुर्याइएको थियो।

सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रहेका देव कोरोना नेगेटिभ भए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि नोबेलमा उपचाररत थिए ।दिवगंत देव नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रिय सह—सचिवका रुपमा समेत क्रियाशिल थिए ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here