“न्याय नपाए गोर्खा जानू , चुनाव हारे रसुवा जानू”

मिस्टर सुब्बा लामा कमरेड तिर्थराज न्यौपाने ।
यो हिमाली जिल्ला रसुवाको राजनीतिक इतिहासको कुरा हो ।केहि किस्साहरु यहाँ राख्न मनासिब होला ।
नेपाल प्रहरीका चर्चित आइजी डिबि लामा पैसाका बिट्टा बोकेर बेत्रावतीको उकाली लाग्दै गर्दा बेतिनीका कुमार न्यौपानेहरु महाकालीमा राष्ट्रघात भएको कुरा गर्दै थिए । युवा जोशमा कुमार न्यौपाने बैँस जो पनि कम्युनिस्ट हुन्छ टाइपका मान्छे थिएनन । गाबिस अध्यक्ष भइसकेका र लेनिनका केही कोटेसनहरु समेत जानेका कुमारसँग राजनीति चेतना थियोे । चुनाव लडने पैसा बिल्कुल थिएन । उनले यति जानेका थिए सुगौली सन्धिपछी महाकाली सन्धि राष्ट्रियताको निम्ति खतरापूर्ण छ ।यो कुरा रसुवाको लेकमा बिक्ने नारा थिएन ।जहाँ जहाँ जे भए पनि त्यो पैसाका अगाडि केही पनि थिएन । मन्त्री भैसकेका रामकृष्ण आचार्य ,आइजिबि भइसकेका डिबि लामा, पैसै पैसा भएका सुब्बा लामासंग कुमारले कसरी चुनाव जित्नु ?ठाडेको लेकमा नुन खुसार्नीसँग आलु खादै उनले छ सय भोट ल्याए । जुन उनको लागि काफी थियोे ।
अस्ति उनै कुमारले जगतजङ्गसँग सस्थागत रूपमा बिकास भएको पैसाले चुनाव जित्ने सस्कृतीको बिषयमा दुखसो पोखे । जनवादी केन्द्रीयता धनवादतिर गएकोमा कुमारको असन्तुष्टी थियोे । असहमति थियोे ।जो बेला बेला उनी दुखेसो रूपमा व्यक्त गर्छ्न।
कुनै समय एमालेलाई स्थापित गर्न मरिहत्ते गरेका कुमार कहिले माओवादीको सल्लाहकार भए कहिले काङ्ग्रेसको नेता मिलाउन सक्रिय । जिल्लाको राजनीति बिग्रेकोमा चिन्ता गर्ने कुमार हाल चाहिँ काङ्ग्रेसको शुभ चिन्तक छ्न ।यहि हो इतिहासको बिडम्बना ।कुमार बनाएको पार्टी आज देशको ठुलो दल छ । कुमार चाहिँ इतिहासको साक्षी किनारमा उभिएका छ्न । सायद अरिङ्गालहरु बिगतप्रती चासो दिदैनन ।
पात्ले घुम्तीमा मोहन आचार्यले चुनाव जितेपछि मैले उनलाई सोधेको थिए – दाइ रसुवाको राजनीति देख्दा चित्त दुख्दैन ?।उनले हाँस्दै भनेका थिए – यो राजनीति होइन ब्यापार हो । ब्यापारमा जे पनि ज्यायज हुन्छ्न ।राजनीतिमा चाहिँ न्यायको कुरा प्रधान हुन्छ ।बिचारको कुरा प्रधान हुन्छ ।उनको यो कडा जवाफ समकालीन यथार्थ भएको छ ।
दावा फिन्जो पन्चायतमा बिम्ब थिए । रसुवाका दावा फिन्जोले राजालाई के छ तेरो खबर भने रे । जुन अहिले पनि एउटा किस्सा हो ।लेकको शान्त हावासँगै दावा फिन्जोको जीवन बित्यो। अहिले उनले सम्झना गर्न पनि गाह्रो मान्छन मान्छेहरु ।दावा पहलमा खनिएको बाटो पिच भएको छैन । यहि बाटो पिच गर्छौ रसुवालाई कायापलट गर्छौ भन्नेहरू जग्गा दलाल भइसके । संसदको टिकट बेच्ने भइसके ।के के भए भए ।
सायद राजनीतिका बाह्रौ खेलाडी शेरबहादुर देउवालाई समेत रसुवाको राजनीति देख्दा उदेक लाग्छ होला ।
कसैले उखान त बनाओस न्याय नपाए गोर्खा जानू , चुनाव हारे रसुवा जानू ।
# तिर्थराज न्यौपानेलाई कुमारको नामले समेत चिनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here