आशा जगाउँदै सरकार

चर्काे आलोचनाका बीच सरकारले जनताबीच आशा जगाउने काम शुरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी अस्पतालहरुमा कोरोना संक्रमितहरुको परीक्षण तथा उपचार पूर्ववत निशुल्क गर्ने निर्णय गरेको छ । यो सकरात्मक कदम हो ।
त्यस्तै पहिले जुन खोप प्रमाणित हुन्छ, उक्त खोप जी टु जी मार्फत खरिद गर्ने निर्णय गरेको यो निर्णय पनि सरकारको स्वागतयोग्य कदम हो ।
यस्तै अर्थमन्त्री बने सँगै विष्णु पौडेलले केही जनप्रिय काम गरिरहेका छन् । पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले गरेका अलोकप्रिय निर्णयहरु धमाधम उल्टाइसकेका छन् । सोमबारकै क्याविनेटले अर्थ मन्त्रालयको प्रस्तावमा पुस्तकमा लगाइएको १० प्रतिशत कर हटाइएको छ । यस्तै स्वदेशमै मल कारखाना खोल्ने निर्णय गरिएको छ तथा मङ्सिरदेखि चैत्रसम्म मन्त्रीहरुको तलबको ५० प्रतिशत रकम कोरोना कोषमा राख्ने निर्णय गरिएको छ ।
सरकारी प्रयोगशाला तथा अस्पतालमा पिसिआर परिक्षण निशुल्क हुने तथा सरकारी अस्पतालमा धरौटी राख्नु नपर्ने र उपचार शुल्क तिर्नु नपर्ने जानकारी आम जनसमुदायमा पुर्याउनु जरुरी रहेको जनस्वाथ्यविद्हरु बताउँछन् । यस्तै कोरोना बिमाको भुक्तानीमा पहलकदमी लिएको र स्थानीय तहमा १५ शड्ढयासम्मको अस्पताल शिलान्यास १५ मंसिरमा गर्ने निर्णय स्वागतयोग्य कदम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here