अध्यक्षज्यू हिम्मत भए यो अवैद्य क्रसर उद्योगलाई कारवाही गरेर देखाउनुहोस

जिल्ला प्रहरी कार्यलय रसुवाले अवैद्य रुपमा वालुवा ओसार पसार गर्ने टिफर नियन्त्रणमा लिएको छ । थाम्बुचेत प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले अवैद्य रुपमा वालुवा ओसार पसार गर्ने बा ५ ख २४९४ नम्बरको टिफरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय रसुवाले पृष्टि गरेको छ । यसरी नियन्त्रणमा लिइएको टिफरलाई थप अनुसन्धान र कारवाहीको लागि आमाछोदिङमो गाउँपालिकालाई पठाइएको जिप्रका रसुवाले जनाएको छ । प्रहरी कार्यलयका अनुसार,रसुवा आमोछोदिङमा गाउँपालिका वडा नं ४ स्थितमा बा ५ ख २४९४ नंम्बरको टिफर पक्राउ गरिएका्े हो । कागजपत्र केहि नभएपछि सो टिफर पक्राउ परेको र थप अनुसन्धान तथा कारवाहिको लागि आमाछोदिङमा गाउँपालिकामा पठाइएको कार्यालयले जनाको छ । आमोछोदिङमो गाउँपालिका वडा नं ४ मा संञ्चालित डोबार क्रसर उद्योगले शक्ति र सत्ताको आडमा अवैद्य रुपमा क्रसर उद्योग सञ्चालन भइरहेको छ । सत्ता र शक्तिमा रहेकाहरुबाटै अवैद्य रुपमा क्रसर उद्योग सञ्चालन गर्दै प्राकृतिक श्रोत र साधनको चरम दोहन भएको भेटिए पछि जिल्ला समन्वय समिति रसुवाले यस अघि नै एक्सन समेत लिएको थियो । सोही बिषयमा यस अघि नै हामीले समाचार सम्प्रेषण गरेका थियौं । हामीले प्रकाशित गरेको समाचारको बिषयलाई लिएर सो गाउँपालिकाले अध्यक्ष ले अपशव्द प्रयोग समेत गरेका थिए ।

अवैद्य रुपमा क्रसर उद्योग सञ्चालन भएको गरी त्यहाँ प्राकृतिक श्रोतको चरम दोहन गरी वालुवा ३८५५ घनमीटर , गिट्टी ५१८ घनमीटर , चिप्स १०५ दशमलव ७५ घनमीटर , तथा ढुङ्गा ११८ घनमीटरनिकालेर उद्योग परिसरमा मौज्जात राखिएको र ती सामाग्री तत्काल जफत गर्ने जिल्ला समन्वय समितिको उपसमितिले प्रतिवेदन समेत बुझाएको छ । यी सामाग्री २ करोड लागतको छ । यसरी सामान जफतको लागि पत्र पठाए पनि डोबार क्रशरको आतंक अझै यथावत नै रहेको छ । यस्तौ हुँदा समेत उनी एक्सन लिनुका साटो त्यहँँका अध्यक्ष हात बाधेर बसेका छन् । यस अघि नै समितिले २६ असोजमा आमाछोदिङमो गाउँपालिकाको कार्यालयलाई पत्र काड्दै गाउँपालिकालाई अवैद्य रुपमा क्रसर उद्योग चलाएर प्राकृतिक सम्पत्तिको चरम दोहन रोक्न निर्देशन दिएको थियो । तर अहिले गाउँका राजाका रुपमा बनेका त्यहाँका अध्यक्षका बदमासीहरु झन झन बढ्दो छ । उनले गाउँपालिकामा रहेका गरिबका लागि विदेशबाट नेपालीहरुले पठाएको रकम समेत दुरुपयोग गरेको,विभिन्न निकायहरुबाट रकम उठाएर घुम्नमा खर्चिएका लगायतका बिषय समेत हामीले फेला पारेका छौं । यी बिषयवस्तु पनि चाडै पाठकमाझ पस्कनेछौं ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here