दैलोबाटै बसको सुविधा लिने डाडागाउँबासीको सपना यसरी भयो साकार

रसुवा जिल्ला बासीका लागि खुसीको खबर छ ।

अब काठमाडौंबाट रसुवा जिल्लाको उत्तरगयाँ २ डाँडागाउँसम्म सिधै बस सेवा सञ्चालन हुने भएको छ । बिहिबारबाट टिमुरे यातायात प्रालिले यो रुटमा बस सेवा शुरु गरेको हो । यो रुटका लागि टिमुरे यातायातले २ वटा बस सञ्चालनमा ल्याएको छ । र दैनिक रुपमा दुई वटा बस आातजावत गर्ने उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङले जनाइन् । सडक मार्ग बनेको झण्डै १५ बर्ष पछि त्यहाँबाट सिधै काठमाडौंसम्म सार्वजनिक यातायात सञ्चालन शुरु भएको हो ।
सडकमार्गको निर्माण ०६१ र ०६२ सालबाटै भए पनि गाउँमा बस सेवा भने यहि वर्षबाट सञ्चालनमा आएको हो । भौगोलिक विकटतासँगै सडक स्तरोन्नतिको कार्य राम्रो हुन सकेको थिएन । यो बस सेवा सञ्चालनमा आएसँगै सो गाउँपालिकाको वडा न १,२ र ३ का स्थानीयले बस सेवाको सुविधा पाउने भएका छन् ।
कच्ची सडक ६१ सालमै पुगे पनि सडक स्तरोन्तीको काम भने हुन सकेको थिएन् ।
बीचमा संविधान सभाका सदस्य तथा नेकपा युवा नेता जनार्दन ढकालको विशेष पहल लिए ।
सडक स्तरोन्नतिका लागि उनले ०७२ साल चौत १० गते निबेदन संघीय सरकार मातहतको भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागमा निवेदन दर्ज गराए । तर त्यतिबेला बजेट परेन् ।


०७४ सालको निर्वाचनमा पराजय बेहोरे पनि जनताको सेवा गर्नबाट ढकाल पछि हटेनन् । सो सडक स्तरोन्नतिका लागि विशेष चासो लिएर मनत्रलयको ढोका ढकढकाइरहे । बजेट पार्नका लागि विशेष पहल जारी राखे । उनै ढकालको पहलमा झण्डै २२ करोड बजेट परेपछि सडक स्तरन्नोतिको काम सम्पन्न भयो ।

विकासप्रेमी नेताका रुपमा जिल्लामा स्थापित ढकालकै विशेष पहल र जोडबलमा सो सडकको स्तरन्नोति सफल भयो । र आज डाडागाउँबासीको दैलौबाटै बस सेवा लिने सपना बल्ल साकार भयो ।

पूर्व सांसद ढकालका अनुसार पुर्ननिर्माण प्राधिकरणको बजेट परेसँगै सडक स्तरोन्नति काम सम्पन्न भएको हो ।

यस अघि डाँडाँगाउँबासीलाई बस सेवा लिन नुवाकोट, किस्पाङ गाउँपालिकास्थित शान्तिबजार पुग्नुपर्ने बाध्यता थियो । गाउँमा बस सेवा सुरु भएसँगै उत्तरगया गाउँपालिकाका वडा नं १,२ र ३ का स्थानियमा भने छुट्टै खुशी छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here