ठूलै संकट आउनसक्छ, सामना गर्न तयार हुनू :प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा ठूलै संकट आउन सक्ने चेतावनी दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संकटको सामना गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारलाई पार्टीभित्र र बाहिरबाट चौतर्फी घेराबन्दीमा पारिएको भन्दै आइपर्ने संकटको सामना गर्न निर्देशन दिएका छन् । आजको बैठकमा चिन्तित मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन पार्टीभित्रका नेताहरु सक्रिय भएको संकेत गरेका थिए ।

‘पार्टीबाटै सरकारलाई असफल बनाउने प्रयास भएको गुनासो गर्नुभयो । पार्टी र देशमा राजनीतिक संकट देखा पर्ने भएकाले आइपर्ने समस्याको सामना गर्न निर्देशन दिनुभयो’, मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले भने ।

उनले हल्लाको पछि नलागी काममा ध्यान दिन पनि मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उनले आफूले राजीनामा दिए देश बर्बादीतर्फ जाने बताएका थिए ।

‘बाहिर सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ राजीनामा दिन पस्यो भनेर । तपाईहरु विचार गर्नुस के मैले राजीनामा दिन मिल्छ मेरा लागि होइन देशका लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतर्फ जान दिनु हो । त्यसकारण मैले राजीनामा दिनेवाला छैन्,’ उनले भनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here