जनस्वास्थ्यमाथि भीमकान्त भण्डारीको गम्भीर खेलवाड,पूर्व सांसद ढकालको भोगाई :- “भरपर्दाे छैन विध ल्याव”

कोरोनाका नाममा चौतर्फी तनाव र डर छ तर यही नाममा कोही कोही लखपत्ति होइन रातारात करोडपति बनेको डरलाग्दो तथ्य र प्रमाणहरु भेटिएका छन् । कोरोनाकै नाममा पछिल्लो ६ महिनामा एक जना सरकारी कर्मचारीले झण्डै ३० करोड आर्जन गर्न भ्याएका छन् । उनी हुन् भीमकान्त भण्डारी । उनले कोरोना शुरु भएसँगै पिसिआर परिक्षणको खेलो फड्को चलाएर यो ६ महिनामा झण्डै ३० करोड आर्जन गरेको हुन् । भण्डारी गुल्मीका हुन् । उनी नासु तहका कर्मचारी । यस अघि उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा थिए । ओम्नीले स्वास्थ्य समाग्रीको खरिद र ठेक्का प्रकरणमा विवादमा मुछिएर बाहिरिएसँगै रातारात सरकारी कर्मचारीले कम्पनी खडा गरी २३ करोडको ठेक्का हत्याए ।

त्यसपछि के चाहियो कुपण्डोलको यूएन पार्क नजिकै एउटा घर भाडामा लिए विध ल्याब नामक कम्पनी दर्ता गर्न भ्याए । सरकारको ऐन नियम र कानुन अनुसार कुनै पनि सरकारी कर्मचारी पदमा बहाल रहँदा उस्लाई कम्पनी खोल्न,व्यापार व्यवसाय गर्न छुट छैन् । तर उर्जामन्त्रीको सचिवालयमा बसेर काम गरेका भीमकान्तले यस्ता नीति नियमलाई धज्जी उडाएर रातारात कम्पनी खोले,कम्पनी रजिष्टार्डमा पुगेर ।

उनै भीमकान्तले यो बीचमा कोरोना भाइरस जाँच गर्ने भनिएको आरडीटी किट किन्ने २३ करोडको ठेक्का हत्याएनन् मात्र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गत ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापा दरबन्दी भई उर्जामन्त्रीको सचिवालयमा काजमा रहेका भीमकान्त भण्डारीले पहुँचकै भरमा २३ करोडको आरडीटी किट खरिद गरेर भुक्तानी लिए । यही पछि रातारात विध कम्पनी खोले ।

विध ल्याबका मालिक भीमकान्त भण्डारी

कम्पनी रजिष्टारको कार्यालयबाट मन्त्रीको सचिवालयमा रहेका सरकारी कर्मचारीका नाममा २४ जेठ २०७६ दर्ता भएर एक्कासी देखा परेको कम्पनीले आरडीटी किट खरीद गर्न तीन महीनाको बीचमा स्वास्थ्य सेवा विभागबाट कुल रु. २२ करोड ८५ लाख ६१ हजार ५६० को ठेक्का पाएको थियो । विध म्यानेजमेण्टका सञ्चालक भीमकान्त भण्डारी र दिपेश न्यौपाने कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको कागजातबाट खुल्छ । त्यहाँको विवरण अनुसार यो कम्पनी २४ जेठ २०७६ मा दर्ता भएको देखिन्छ । यही बीचमा सरकारले पिसिआर परिक्षण नीजि ल्याबलाई समेत दिने भयो र शुल्क तोकियो ५५०० । मापदण्ड विपरित सञ्चालित यो ल्यावले यो बीचमा झण्डै १५ हजार बढीको कोरोना अर्थात पिसिआर परिक्षण गरिसकेका छन् । एउटा पिसिआरका लागि एक जहारदेखि १५०० रुपैंया खर्च हुन्छ ।

एक जनाको पिसिआर परिक्षण गराए वापतमात्र झण्डै ४ हजार नाफा कमाए । यो हिसाबले जेठदेखि यता असोजसम्ममा मात्र उनको ल्याबबाट १५ हजारले परिक्षण गराउँदा झण्डै ६ करोड नाफा आर्जन गरेका छन् ।

उपभोक्तावादीहरु भने यस्लाई लुटको पराकास्टा भन्छन् । उपभोक्ता ऐन अनुसार कुनै पनि उपभोग्य बस्तुमा २० प्रतिशत भन्दा बढी मूल्य राखि बेचिनु त्यो ठगी हो । यो हिसाबले १५ सयमा हुने पिसिआरको विध ल्यावका सञ्चालकहरुले झण्डै ४०० गुणा बढी नाफा राखेर जनस्वास्थ्यमाथि समेत खेलवाड गरेको देखिन्छ ।

उनको ल्याबमा कोरोना परिक्षणका लागि हुनुपर्ने जति पूर्वाधार समेत नभएको भेटिएको छ । गुणस्तरहिन ल्याबबाट परिक्षण गरी जनस्वास्थ्यमाथि समेत गम्भीर खेलवाड गरिरहेको समेत भेटिएको छ । उपभोक्तवादी ज्योती बानिँया चाहिँ अरु देशका यस्तो घटना घटेको भए सिधै मृत्युदण्डकै सजाय हुने सुनाउँछन् तर नेपालजस्तो देशमा नेता,मन्त्रीहरुकै संरक्षणमा लुटधन्दा नै चलेको सुनाउँछन् । अहिले चौतर्फी विरोधपछि कोरोना परिक्षणको शुल्क सरकारले घटाएर २ हजारमा झारेको छ । अहिले पनि एक जनाको कोरोना पिसिआर परिक्षण गर्दा झण्डै १ हजार नाफा हुन्छ । त्यसो हुँदा नीजि ल्याबहरुको धन्दा चाहिँ परिक्षण गर्न गएजति सबैलाई पोजेटिभ रिपोट देखाइदिने धन्दा चलिरहेको छ । यसो हुँदा उस्को सम्पर्कमा आएजति सबै परिक्षण गर्न पुग्ने भए अनि मालामाल हुने र मोटाउने चाहिँ पिसिआर धन्दा चलाउनेहरु । त्यसैले पिसिआर परिक्षण नै बन्द गर्नुपर्ने आवाज अहिले जोड तोडका साथ उठिरहेको छ ।

विध ल्यावबाटै पीडित मध्येका एक हुन पूर्व सांसद जर्नादन ढकाल । १२ दिनको होम आइसोलेसनको बसाइ पछि पनि पुन पिसिआर परिक्षण गराउँदा पोजेटिभ देखिए पछि उनले सामाजिक सञ्जालमा तितो पोखे “कृपया यो विथ ल्याव भरपर्दो छैन ।अति आबश्यक भएमा अन्यत्र नै पिसिआर परिक्षण गर्नु होला।”

उसो त पिसिआर नामक परिक्षण नै भरपर्दाै नभएको कारण यो बन्द गर्नुपर्ने चौतर्फी आवाज उठिरहेको छ । केही अघिमात्र एक जना व्यक्ति कोरोना परिक्षण गर्नका लागि केएमसी अस्पताल सिनामंगल पुगे । त्यहाँ उनको कोरोना पोजेटिभ रिर्पोट आयो । भोलीपल्टै उनी आत्तिदै सानेपामा रहेको स्टार अस्पतालमा पुगे त्यहाँ उनको रिर्पोट नेगेटिभ देखियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here