अवैद्य क्रसर उद्योगमा गाउँपालिका अध्यक्ष साझेदार,जिससले लियो एक्सन

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकामा अवैद्य रुपमा क्रसर उद्योग सञ्चालन भइरहेको पाइएको छ ।सांसद,गाउँपालिकाको अध्यक्षदेखि पहुँचवाला नेताहरुकै लगानीमा सो क्रसर उद्योग सञ्चालन भइरहेको भेटिएको छ ।

शक्ति र सत्ताको आडमा अवैद्य रुपमा क्रसर उद्योग सञ्चालन गरी प्राकृतिक श्रोत र साधनको चरम दोहन भएको भेटिए पछि जिल्ला समन्वय समिति रसुवाले एक्सन लिएको छ ।

समितिले २६ असोजमा आमाछोदिङमो गाउँपालिकाको कार्यालयलाई पत्र काड्दै गाउँपालिकालाई अवैद्य रुपमा क्रसर उद्योग चलाएर प्राकृतिक सम्पत्तिको चरम दोहन रोक्न निर्देशन दिएको छ । जिल्ला समन्वय समिति,रसुवाले अघिल्लो साता मात्र गाउँपालिकालाई आफ्नो निर्णय सच्याउन निर्देश गरेको हो ।

 

आमोछोदिङमो गाउँपालिका वडा नं ४ मा संञ्चालित डोबार क्रसर उद्योग मनोमानी ढंगले चलेको जिल्ला समन्वय समितिको अनुगमनको क्रममा खुलेको छ ।जिल्ला समन्वय समिति अन्तरगतको उपसमितिले गरेको अनुगमन त्यहाँ क्रसर उद्योग नै अवैद्यानिक तबरले क्रसर उद्योग सञ्चालन भएको प्रतिवेदन बुझाएको छ ।

गाउँपालिकाले सो “क्रसर उद्योगलाई अनुमति दिँदा ढुंगा इट्टा बालुवा उत्खनन विक्री तथा व्यवसायसम्बन्धी मापदण्ड ०७७ को दफा ११ बमोजिम सञ्चालन गर्न अनुमति दिनुपर्नेमा उल्लेखित मापदण्ड पूरा नगरी  मापदण्ड पूरा नगरी सञ्चालन गर्ने अनुमति दिइएको पाइएकाले मापदण्ड पूरा गरी प्रचलित कानुन बमोजिम क्रसर उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्देश दिइएको” जिससले काटेको पत्रमा उल्लेख छ ।

यसरी अवैद्य रुपमा क्रसर उद्योग सञ्चालन गरी त्यहाँ प्राकृतिक श्रोतको चरम दोहन गरी वालुवा ३८५५ घनमीटर , गिट्टी ५१८ घनमीटर , चिप्स १०५ दशमलव ७५ घनमीटर , तथा ढुङ्गा ११८ घनमीटरनिकालेर उद्योग परिसरमा मौज्जात राखिएको र ती सामाग्री तत्काल जफत गर्ने उपसमितिले प्रतिवेदन बुझाएको छ ।  यी सामाग्री २ करोड लागतको छ ।

यसरी अवैद्य रुपमा क्रसर उद्योग सञ्चालन भएको बिषयमा रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि पन्थलाई जिज्ञासा राख्दा “नियम विपरित क्रसर उद्योग सञ्चालन भएको र सो क्रसर उद्योगका विरुद्धमा स्थानीयहरुले धेरै बिरोध गरेपछि जिल्ला प्रशासन कार्यालय प्रमुख , जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, नं २० हेड क्वाटर , डिभिजन बन कार्यालय , जलस्रोत तथा सिचाइ विकास सव डिभिजन कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यलयको सयुक्त अनुगमन पछि पत्र पठाइएको ” सुनाए ।


गाउँपालिकाको अध्यक्ष बुचुङ तामाङलाई हामीले यो बिषयमा सम्पर्क गर्दा उनी डोवार क्रसर उद्योगको बचाउमा लागे । उनले “कम्पनीका सम्झौंता अनुसार चिलिमे खोलाको आसपासबाट माल उत्खनन् गर्ने, नपुगेको खण्डमा व्यक्तीको जग्गाबाट पनि उत्खनन् गर्ने भनी ऐन बनाएको “सुनाए । स्रोतले दिएको जानकारी अनुसार सो क्रसर उद्योगमा गाउँपालिकाको अध्यक्षको १० प्रतिशत शेयर स्वामित्व रहेको छ ।प्रदेश सांसद र जिल्लाका नेताहरुसमेत सो क्रसर उद्योगमा संग्लग्न रहेको स्रोतको दावा छ । तपाईको पनि सो क्रसर उद्योगमा लगानी रहेछ नि ? भन्ने हाम्रो प्रश्नमा उनले “त्यो निराधार आरोप” भएको प्रतिक्रिया दिए भने “मैले तत्कालै एक्सन नलिएको कारण त्यो ममाथि लगाइएको आरोप मात्र हो ।”

चिलिमे त्रिशुली २२० केभी प्रसारण लाईन आयोजनाको प्रयोजनाको संञ्चालनको लागि आवश्यक निमार्ण सामाग्री (ढुङ्गा, गिट्टी, वालुवा)को अन्त पनि बिक्री बितरण गर्ने, नदिको वहाब नै बिगारेर निकालेको साथै बेसिजन अर्थात बर्खायामको समयमा नै निकालनुको साथै लुकी चोरी अरुलाई पनि बिक्री गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here