अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गर्ने नेपाली महिला को हुन् ? किन यस्तो गरिन् ?

अष्ट्रियामा एक नेपाली महिला आफ्नै तीन सन्तानको हत्या गरेको अभियोगमा पक्राउ परेकी छिन् । उनले शनिबार आफ्ना तीन सन्तानको हत्या गरेपछि आफैं प्रहरीलाई खबर गरेकी थिइन् । उनले घटनास्थलमा प्रहरी आएपछि आफैंले आफ्ना तीन सन्तानको हत्या गरेको बताएकी थिइन् । ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

ती महिलाले बिहान ५ बजे र २० मिनेटमा पुलिसलाई आफैँले खबर गरेकी थिइन्। महिलाले आफैँ पनि मर्न चाहेको बताएकी थिइन् र प्रहरीको उपस्थितिमा उनी घटनास्थलमा नै रहेको बताइएको छ। प्रहरी घटना स्थलमा पुग्दा नौ वर्षीया बालिका जिवित नै थिइन्। उनलाई तत्कालै अस्पतालमा लगिएको थियो तर उनको पछि मृत्यु भएको जनाएको छ।

बाग्लुङ्ग घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि कुनै आफन्तले चिनेजानेको आधारमा विद्यार्थी भिसामा ल्याएर बुटवलकी २१ वर्षीया भट्टराई थरकी युवतीलाई अष्ट्रियामा सन् २०१० मा विहे गरेका थिए। गत अक्टुबर ३ मा श्रीमान् श्रीमतीसँगै भएर ३ वर्ष पुगेकी छोरीको जन्मदिन मनाएको फोटो र फेसबुकमा लाईभ भिडियो राखिएको नेपाल पत्रकार महासंघ युरोप सदस्य रबिचन्द्र भट्टराईले बताए।

घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ। भियनामा ५ सयभन्दा धेरै नेपाली परिवारको बसोबास छ। यो घटनाबारे बुझ्न खोज्दा नेपाली राजदुत मणि भट्टराई बोल्न चाहेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here