अनियमितता र कार्यसम्पादनलाई लिएर प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

सरकारले राजदूतमा सिफारिस गरेका डा। युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय समितिमा चार वटा उजुरी परेका छन्।

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्धका उजुरी संसदीय सुनुवाइ समितिले सोमबार खोलेको हो । १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको समितिले दुईजनाविरुद्धमा परेका ४ उजुरी खोलेको हो । संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका छन् ।

राज्यका विभिन्न निकायमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडाविरुद्ध तीन उजुरी परेका हुन् । उनीविरुद्ध परेको उजुरीबारे स्रोतले भन्यो, “उहाँविरुद्ध क्यापिटल मर्चेन्ट बैंकसँग जोडेर पनि उजुरी परेको छ । पीएमार्फत् घोटाला गरेको विषय पनि छ । त्यस्तै, पटकपटक पदमा जाने अवसर पाउँदा अधिकार दुरुपयोग गरेको, अवसरभन्दा न्यून रूपमा कार्यसम्पादन भएको र नीतिगत भ्रष्टाचार गरेको आरोपसहितका उजुरी आएका छन् ।”

खतिवडाविरुद्ध परेका उजुरीमा राष्ट्र बैंकको गभर्नरदेखि योजना आयोगको नेतृत्वमा रहँदासम्मका विषय जोडिएका बताइएको छ । त्यस्तै, टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलसँगको कर विवादसँग जोडेर पनि उनीविरुद्ध उजुरी परेको छ । ुउजुरीमा खतिवडाविरुद्ध आम जनता असन्तुष्ट रहेको, एनसेलमा राष्ट्रघात गर्नुका साथै अकुत सम्पत्ति जोडेको भन्ने विषयमा उजुरी परेका छन्,ु स्रोतले भन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here