ढुङ्गाले हानेर श्रीमतीको हत्या

घरायसी विवादका कारण एक व्यक्तीले आफ्नै श्रीमतीलाई ढुङ्गाले हानेर मारेका छन् । झापा जिल्लाको मेचीनगर नगरपालिका ४ स्थित आइतबार साँझ श्रीमान् पर्वत राईले घरायसी विवादमा ढुङ्गा प्रहार गरी श्रीमती संगीता राईको हत्या गरेको स्थानीयले जनाएका छन् ।

वडाध्यक्ष हर्कबहादुर बस्नेतले घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए । प्रहरीले निज राईलाई नियन्त्रणमा लिएको अध्यक्ष बस्नेतले जनाए । हाल उनी काँकडभिट्टा प्रहरीको हिरासतमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here