नवरात्रको तेस्रो दिन “चन्द्रघण्टा”को विशेषता

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दु­र्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात हुनुहुन्छ । वहाँको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । वहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी साथै वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवीको चन्द्रघण्टाको वाहन बाघ हो । चन्द्रघण्टा नाना प्रकारको रत्न जड़ित आभूषण धारण गर्ने र सर्वदा युद्धको लागि तत्पर रहनुहुन्छ ।

अघिल्ला वर्षहरुमा राजधानीका गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि विष्शेष पुजाआजा हुने भए पनि यस वर्ष कोरोनाका कारण भक्तजनका लागि बन्द गरिएको छ ।

आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here