सनम शेर्पाको मनकारी कामः पासाङल्हामु गाउँपालिकामा स्यानिटाईजर र माक्स वितरण

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण विश्वमा ११ लाख १४ हजार ५४७ जनाको मृत्यु भएको छ भने ३ करोड ९९ लाख ४४ हजार १२६ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ करोड ९८ लाख ८४ हजार १९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७१ हजार ९५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यस्तो महामारीको अवस्थालाई मध्यनजर गरी केहि समाजसेवीहरु दिन रात नभनी खटी रहेका छन् । ती मध्य एक हुन् पर्यटन व्यवसायी तथा समाजसेवी सनम शेर्पा जो आफ्नै जिल्ला पुगेर स्यानिटाइजर र माक्स बितरण गरेका छन् । उनले ३५० को हाराहारीमा स्यानिटाईजर र सात हजार माक्स खुम्बु पासाङल्हामु गाउँपालिका वडा २ र ३ मा विभिन्न क्लब, गुम्बा, महिला समूहलाई बितरण गरेका हुन् । साथै शेर्पाले यस् फरि युवा समुहको खेलमैदान बनाउनका निम्ति रु १५००० सहयोग गरेका छन् ।

त्यस्तै पासाङ छिरीङ शेर्पाले चौरिखर्क र बोसुम गाउँमा गरि जम्मा ४९ घरमा राहत वितरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here