राष्ट्रिय मानव अधिकार आयोगले दुई सय ८६ जना मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक गरेको छ । जसमा धेरै जसो सुरक्षाकर्मी तथा तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ता छन् ।
आयोग स्थापनाको २० वर्षको अवसरमा सिफारिस कार्यान्वयनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आयोगले त्यसमा दुई सय ८६ जनाको नाम पनि किटान गरेको हो । आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा सिफारिस गरिएका एक हजार एक सय ९५ वटा घटनाको विवरण राखिएको छ ।
२० वर्षको अवधिमा आयोगमा १२ हजार ८ सय २५ उजुरी परेको र त्यसमध्ये ६ हजार ६ सय १८ आयोगले फर्छ्योट गरेको छ । त्यसमध्ये एक हजार एक सय ९५ वटाको छानबिन गरी पीडितलाई न्यायका लागि सरकारलाई सिफारिस गरेको थियो । आयोगले यसरी मानव अधिकार हननकर्ताको रुपमा नाम सार्वजनिक गरेपछि अन्तराष्ट्रिय र राष्ट्रिय रुपमा उनीहरुको योग्यता र नैतिकतामाथि प्रश्न उठ्नेछ।
आयोगले करीब एक वर्षअघि नै यस्ता व्यक्तिको नाम सार्वजनिक गर्दै कालोसूचीमा राख्ने कार्यविधी पनि बनाएको थियो। तर आयोगभित्र मतभेद भएकाले उक्त कार्य रोकिँदै आएको थियो। आयोगका अध्यक्ष अनुपराज शर्माले आफू जानुअघि यस्तो कार्य गर्न लागेका हुन्। हत्या, नियन्त्रणमा लिएर यातना, अत्यधिक बल प्रयोग, बेपत्तापछि हत्या, अपहरणपछि हत्या, हिरासतमा यातना जस्ता गैरकानूनी काममा संलग्न रहेको पाएपछि आयोगले उनीहरूलाई मानवअधिकार उल्लंघनकर्ताको रुपमा कारबाहीको सिफारिश गरेको थियो।
जसमा तत्कालीन प्रधानसेनापति प्यारजंग थापादेखि पूर्वसचिव नारायणगोपाल मलेगो र पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानासम्म छन्। तत्कालीन प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरु, तत्कालीन नेकपा माओवादीका तल्लो तहका नेताहरु, केही चिकित्सक, मानव अधिकारकर्मी, सुराकी, प्रतिकार समूहका व्यक्तिहरु, प्रधानाध्यापक र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कर्मचारीसम्मको नाम समावेश गरिएको छ।
जसमध्ये सबैभन्दा धेरै नेपाल प्रहरीका ९८ जना, नेपाली सेनाका ८५ जना, तत्कालीन नेकपा माओवादीका ६५ जना, निजामती कर्मचारी १६ जना, सशस्त्र प्रहरी बलका ८ जना छन्। त्यस्तै, शिक्षक चार जना, चिकित्सक दुई जना, मानवअधिकारकर्मी १ जना छन्। त्यस्तै सुराकी, प्रतिकार समूह आवास गृह सञ्चालक, कारागारका कैदी (चौकीदार) र भारतीय सुरक्षाकर्मी (एसएसबी) गरी थप सात जनालाई पनि आयोगले मानवअधिकार उल्लंघनकर्ताको रुपमा सूचीकृत गरेको छ। कालो सूचीमा पर्ने मध्य रसुवाका प्रदेश सांसद प्रेम तमाङ पनि रहेका छन् । रसुवा भोर्ले गाविस वडा नं. ५, ठूलोभोर्लेका कमानसिंह मोक्तानलाई कुटपीट गरी हत्या गरेका अभियोगमा दमाईसिंह तामाङ्ग, हिरा लामा, तामाङ्ग (लाबदुब), काले तामाङ्ग, बहिदार तामाङ्ग, रेनुका मगर कालो सूचीमा परेका हुन् । २०६० चैच २५ गते कमानसिंह माथी २० २२ जनाले को कुटपिट गरि हत्या गरेको उनका श्रीमती पबित्रा मोक्तानले बताइन । हत्याको कारण भने मोक्तान सुराकीको काम गर्ने अभियोग रहेको छ । उनी भन्छिन त्यो दिन अझै मेरो लागि अहिलेको जस्तो लाग्छ । २० २२ जना आए मलाई एक जना महिलाले समातेर कुटपिट गर्न थाले भने मेरो श्रीमानलाई कुट्दै मारे । प्रेम तमाङ उनी थिए या थिएनन् थाहा भएन तर उनैको नेतृत्व थियो ।
२०७० सालको असार २५ गतेको घटना रसुवा जिल्ला सबिक हाकु गा बि स वडा न: ९ गोगने स्थिति घटेको घटना प्रती पनि निस्पक्ष छ्यानबिन नभएकोमा पुर्ब संसाद प्रेमबहादुर तमाङ आफै स्वाइम त्यो घटनामा समावेशी भएको र उसैको नेतृत्वमा उसैको भरौटे कर्याकर्ताहरु लाई निर्देशन दिए घटना घटाएको र उत्त घटना घटाउन को मुख्य कारण बाल्ने ढुङ्गा (light stone) बहुमुल्य ढुङ्गा हो भनी प्रेमबहादुर तामाङ को कब्जामा राख्नको लागि घटाएको हुन र रसुवाली जनता प्रेम माथी ! प्रेम ढुङ्गा माथी राजनीतिक गर्दै र लास माथी राजनीतिक खेल्दै ! (मृत्यक फुर्ब घले हुन )तर रसुवाली जनताको नाममा करोडौं रकम लुट्ने र ब्यात्ती धनी हुने गरि काम गर्ने र जनता लाई जहिले पनि दास बनाउने प्रेम को निहित हुन