कोरोना बीमा गरेका व्यक्ति संक्रमित भए परीक्षण र उपचार खर्च सरकारले नव्यहोर्ने

कोरोना बीमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च सरकारले नव्यहोर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणसम्बन्धी बनेको नेशनल टेष्टिङ गाइड लाइनको पाँचौ संशोधन गरिएको हो ।

मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्ट लाइनमा खटिने स्वास्थयकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गर्ने जानकारी दिए ।

प्रेस विफ्रिङमा डा. गौतमले भने, ‘एकल महिला, अति अपांगता, आर्थिक रुपले विपन्न र असहाय अवस्थामा रहेका व्यक्ति जेष्ठ नागरिक, अंग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण देखिएमा मात्र परीक्षण निशुल्क गरिनेछ ।’

उनले भने, ‘तर उल्लेखित व्यक्तिहरुले कुनै पनि कम्पनीबाट कोरोना बिमा गरेको भएमा उनीहरुको उपचार बिमा रकमबाट नै गरिनेछ ।’ असोज १९ गते बसेको मन्त्री परिषद्को निर्णय गौतमले बुधबारको प्रेस विफ्रिङमा बताएका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here