यसपालिको दसैंमा मेरो घरमा टीका लगाउन नआइदिनुस् ः हरिवंश आचार्य

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भाइरस कोभिड-१९ पोजिटिभ देखिएको छ । सामान्य लक्षण देखिएपछि सोमबार पीसीआर गर्दा आज उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो ।

कोरोना पुष्टि भए पनि स्वास्थ्य अवस्था भने समान्य रहेको आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनले आफूहरूको सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बसेर पीसीआर गर्न पनि अनुरोध गरेका छन् । पहिले देखिएका लक्षणहरु अहिले छैनन्, हामी दुवै सामान्य अवस्थामा छौं,’ उनले भने । आगामी आइतबार पुनः पीसीआर परीक्षण गराउने उनले बताए ।

संक्रमणमुक्त भइसकेपछि पनि पहिलेजस्तो निस्फिक्री भएर हिँड्ने मुडमा उनी छैनन् । नजिकै आएको दसैंमा आफू पनि अरुको घरमा नजाने र अरुलाई पनि आफ्नोमा नआउन आग्रह गर्ने हरिवंशको सोचाइ छ । उनले सबै नेपालीलाई यसपालिको दसैं सकभर आफ्नै परिवारभित्र सीमित राख्न सुझाव दिएका छन् । उनले दसैंमा आफ्नो घरमा टीका लगाउन नआइदिन आग्रह समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here