सबै मन्त्री हटाउनुपर्छ भन्ने भूपु सचिवज्यू आफ्नो कार्यकालमा कती चोखा छन् ?

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले अहिलेका सबै मन्त्री काम नलाग्ने भन्दै सबैलाई हटाउनुपर्ने माग गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यायले अहिले मुलुक संकटमा परेको बताउँदै अहिलेको नेतृत्वले समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण ८–१० महिनादेखि बालुवाटारमै बसेर काम गरेको र प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार नगएको उनको गुनासो छ । उनले कर्मचारीतन्त्र अहिले निष्क्रियजस्तो देखिएको सुनाए ।
तर, आफूलाई सदाचारी देखाउन खोज्ने भीम उपाध्याय पदमा हुँदा कतिसम्म सदाचारी थिए त ?
खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवबाट २०७४ भदौ १२ मा अवकाश पाएका उपाध्याय निजामती प्रशासनका ढोंगीका रुपमा आलोचित छन् ।
जागिरे अवधिको अन्त्यमा खानेपानी मन्त्रालयका सचिव भएका उपाध्यायलाई नजिकबाट नाडी छामेका र सँगै काम गरेका खानेपानीकै एक कर्मचारीले भने,आफू सचिव हुँदा एउटा गाडी छोरी ज्वाईलाई दिएका थिए ।
तीन वटासम्म गाडी उनले प्रयोग गरेका खानेपानीका कर्मचारीहरुले भूलेका छैनन् ।
सचिवबाट २०७४ भदौ १२ गते अवकाश पाएका उपाध्यायले महिनौंसम्म आफूले प्रयोग गर्दै आएको गाडी नबुझाएका कारण नयाँ आएका सचिव कृष्णराज बीसीले अर्कै सवारीको ब्यवस्था गरेका थिए ।
अहिले मोटरसाइकलको पछि लागेका उपाध्याय आफू सचिवबाट रिटायर्ड भएको महिना दिनसम्म पनि मन्त्रालयको गाडी फिर्ता नगरेको चाहिँ अहिले कसरी भूल्न सक्नुभएको होला रु खानेपानी मन्त्रालयका एक उपसचिवले सुनाए ।
त्यसो त उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगतको एउटा प्रोजेक्ट डोलीडारको महानिर्देशक हुँदा १८ वटा सवारी साधन दुरुपयोगमा मुछिएका थिए ।

उपाध्यायको जागिरको शुरुवात जागिरको शुरूवात ईन्जिनियरमा खानेपानी बिभागबाट, डिई भए पछि डोलिडारको महानिर्देशक भएका हुन् । उनी आरआरआर जस्तो अरबौंको प्रोजेक्टको प्रमुख भएका थिए । जुन बेला उनी दातृनिकायका जे जस्ता सर्त पनि मानेर विदेश भ्रमण भनेपछि हुरुक्कै हुने गर्दथे । खानेपानी मन्त्रालयको सचिव हुँदा एक आयोजनाबाट निम्तो माग्न लगाएर पत्नी ललितासहित उनी अष्ट्रेलिया सयर गरेको बिषयमा राष्ट्रिय मिडियामै चर्चाको बिषय बनेको थियो । थाइल्याण्डको राजधानी बैंककमा जुनियर कर्मचारीहरु जानुपर्नै कार्यक्रममा उनीहरुको नाम काटेर तत्कालीन महानिर्देशक उपाध्याय र जीवन कुमार श्रेष्ठ पुगेका जस्लाई अख्तियार दुरुपयोग भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचेत गराएको थियो ।

अहिले सदाचारी देखिएका भीमका यस्ता बदमासीहरु खोज्ने हो भने धेरै भेटिने कर्मचारीहरु नै सुनाउँछन् ।
मेलम्ची खानेपानीको विभिन्न आयोजनाका गाडी तत्कालीन खानेपानी मन्त्री महेन्द्र यादवदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहालका आफन्तसम्मलाई गाडी दिएका थिए । उनले वागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नियुक्ति हुनका लागि तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई समेत सहरी विकास मन्त्रालय अन्तर्गतको प्राडो दिएका अरुले भुले पनि कर्मचारीहरुले चाहिँ भुलेका छैनन् ।
अहिले पनि भीम सरकारबाटै पेन्सन थाप्छन् र सरकारविरुद्ध बिषवमन गर्दैछन् । तर पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीका बिरुद्ध उनी केही लेख्दैनन् । कारण हो ,उनलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी खानेपानी तथा सरसफाई मन्त्री विना मगरले विज्ञ सल्लाहकारमा नियुक्त गरेकी छन् । उपाध्याय दश महिनाअघि मात्र विज्ञ सल्लाहकार नियुक्त भएका हुन् । २०७६ भदौ ५ मा मन्त्रीस्तरीय निर्णय गरी विज्ञ सल्लाकार नियुक्त गरिएको थियो । पत्र भने २०७६ भदौ ८ मा दिइएको थियो । मेलम्ची खानेपानी आयोजनाको बाँकी कार्य सम्पादन गर्न उनीसहित पूर्व सचिव हरिराम कोइराला, बीरेन्द्रबहादुर देउजा, सुमन शर्मा र दीपेन्द्रनाथ शर्मालाई विज्ञ नियुक्त गरिएको थियो । तर उपाध्यायसहितको विज्ञ समूह नियुक्त गरे पनि मेलम्चीको पानी २०७४ मा काठमाडौंका घर घरमा धारामा आउँछ भने पनि २०७७ लागिसक्दा पनि अत्तोपत्तो छैन ।

यिनै सल्लाहकारहरुले गतिलो सल्लाह दिएको भए सायद मेलम्चीको पाइपलाइनभित्रै परेर एक जना इञ्जिनियरले अकालमा ज्यान गुमाउनु पर्ने थिएन होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here