युट्युबमा लोकप्रिय बन्दै नयाँ स्वादको ‘नमुछे आमा दहीमा टीका….’

एक समय थियो जतिबेला रेडियो नेपालबाट नमुछे आमा दहिमा टिका गित बज्न थाल्यो भने चाडवाड आउँन लागेछ क्यार भन्ने थाहा हुन्थ्यो । बीच बीचमा बज्ने “दाइ मेरो काँ गयो गुरो धौली फुल्यो ओइलायो” भन्ने टुक्काले परदेशिएका दाजु भाईको मन कटक्क खान्थ्यो । रेकर्डिङ भएदेखि नै नेपाली लोक संगितको शिर्ष स्थानमा रहिरहेको गित “नमुछे आमा दहिमा टिका” वरिष्ट गायक, संगीतकार नारायण रायमाझीले नयाँ प्रविधि र केहि फरक मेलोडी सहित पुन सार्वजानिक गर्नु भएको छ ।

स्वर्गीय लक्षमण रायमाझीको शब्द र वरिष्ट संगीतकार नारायण रायमाझीले संगीत गरेको बहुचर्चित गित “नमुछे आमा दहिमा टिका” वर्षौ पहिले पहिलो पटक कृष्णभक्त राइले गाउनु भएको थियो । त्यहि गितलाई केहि आधुनिक शैलीमा गीतको सर्वाधिक अधिकार पाएको रिमा इन्टरटेनमेन्ट नेपालले बजारमा ल्याएको हो । अहिलेकी चर्चित गायिका रचना रिमाल र संगीतकार स्वयम रायमाझीले गाएको लाईभ भिडियोले नेपाली सांगीतिक बजारमा चर्चा बटुल्ने निश्चित प्राय छ ।गायक रायमाझी र नेपाल आइडलबाट चर्चामा आएकी नवगायिका रचना रिमालको स्वरमा भिडियो बाहिर आएको छ ।

गत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको गीत ६ दिनमै ११ लाखभन्दा बढीले हेरिसकेका छन् । नेपाल आइडलकै प्रवीण बेडुवाल र रचना रिमालको स्वरमा रायमाझीले स्व‍। राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले’ भन्ने गीत पनि पुनः रेकर्डिङ गरेका थिए ।

सेप्टेम्बर १३ मा अपलोड गरिएको सो गीत पनि ४६ लाखभन्दा बढीले हेरिसकेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here