नबिल बैंकको अध्यक्षमा उपेन्‍द्र पौडेल

वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेल नविल बैंकको अध्यक्ष चुनिएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो ।

पौडेल एमएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भए पछि नविल बैंकको सञ्चालक चुनिएका थिए । उनी बैंकिङ क्षेत्रमा ३ दशक भन्दा लामो समय अनुभवी बैंकरको रुपमा परिचित व्यक्ति हुन् ।

नबिलमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल गत आइतबार नै सकिएको थियो । यसअघि बैंकको अध्यक्ष शम्भु प्रसाद पौड्याल थिए । उनको कार्यकाल सकिएपछि उपेन्द्र अध्यक्ष चुनिएका हुन् ।

१४ वर्ष ग्रिनल्यान्ड बैंकमा बिताएका पौडेलले १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन् । उनी सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here