मुक्तिनाथ विकास बैंकद्वारा शुद्ध पिउने पानी ट्याङ्की हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले धनगढी उपमहानगरको बसपार्कमा शुद्ध पिउने पानी ट्यांकी हस्तान्तरण गरेको छ । ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई प्रदान गरे।

यो बसपार्क सुदुरपश्चिमकै केन्द्र विन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने हुँदा उनीहरुको सहजताका लागि पिउने पानी ट्याङकी दिइएको बैंकको भनाइ छ।

बैंकले ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत सेवा दिदैं आएको छ।ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ।

साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट बिनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्थागरिएको समेत बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here