यिनै हुन बुटबलको प्रदेशसभामा कुर्सी तोडफोड गर्ने कांग्रेसका ३ सांसद

प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तीन सांसदहरुले कुर्सी नै तोडफोड गरेको बिषयले अहिले सिंगो देश तातेको छ । संघीय संसदमा नेकपाका माननीयहरुले कुर्सी तोडफोड गरेकै शैलीमा पाँच नम्बर प्रदेशमा नेपाली कांग्रेसका सांसदहरुले कुर्सी तोडफोड गरेका छन् । विगतमा संघीय संसदमा हुने घृणित कार्य बुटबलमा कांग्रेसले प्रर्दशन गरेको हो। प्रदेश सरकारले प्रदेशको नाम र राजधानीको प्रस्ताव संसदमा पेस गरेपछि त्यहाँको प्रमुख प्रतिपक्षी कांग्रेसले उग्र व्यवहार देखाउँदै आएको थियो।
यस अघि कांग्रेस कार्यकर्ताले एक कर्मचारीको स्कुटर जलाइदिएपछि त्यो घटनाको सर्वत्र निन्दा हुँदै आएको छ ।
यो घटना सेलाउन नपाउँदै कांग्रेसका प्रदश ५ का तीन सांसदले कुर्सी टेबलमा बजार्नुका साथै रोष्टमतिर फालेका थिए। प्रदेश सांसदहरु बसिउद्धिन खाँ, बैजनाथ कलवार र अष्टभूजा पाठकले कुर्सी तोडफोड गरेका हुन्।

सोमबारको संसद बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा छलफल हुने संसदको कार्यसूची थियो। संसदको कार्यसूची अनुरुप सभामुख पूर्णबहादुर घर्तीले संसदको कारबाही सुरु गर्ना साथ कांग्रेसका सांसदहरू रोस्ट्रम अघि नाराबाजीमा उत्रिए।

सभामुख घर्तीले कांग्रेसका सांसदको नाराबाजीकै क्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई राजधानीको नाम र स्थानको विषयमा छलफल गर्न प्रस्ताव पेस गर्न समय दिए। केसीले बोल्ने क्रममा कांग्रेसका सांसदको नाराबाजी जारी थियो। केसीले बोलेर सकेका मात्रै थिए,कांग्रेसका सांसद तोडफोडमा उत्रिएका हुन् ।

 

 

कुर्ची तोडफोडको सुरुवात गरेका थिए, वसिउद्धिन खाँले। रुपन्देही(४ ‘ख’बाट कांग्रेसबाट प्रत्यक्ष विजयी खाँ तोडफोडमा उत्रेपछि अरु दुईले पनि उनलाई साथ दिए। खाँले पहिलो ‘रो’मा रहेको टेबलमा कुर्ची ठोके। अरु दुई सांसदले पछिल्लो ‘रो’मा रहेका टेबुल ढलाउन तथा कुर्ची फाल्न उनलाई साथ दिए।अर्का दुई सांसद थिए, नवलपरासीका वैजनाथ कलवार र रुपन्देहीकै अष्टभूजा पाठक। खाँजस्तै कलवार र पाठक पनि प्रत्यक्ष निर्वाचित सांसद हुन्। पाठक रुपन्देहीको ४ ‘क’बाट प्रदेश सभामा विजयी भएका थिए। कलवार नवलपरासी(२ ‘ख’बाट विजयी भएका थिए। १९ प्रदेश सदस्य रहेको कांग्रेसका अन्य सांसद विरोधमा नाराबाजीमा उत्रिए पनि तोडफोडमा सहभागी भएनन्। पश्चिम क्षेत्रका सांसद दाङकै पक्षमा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here