अनलाइन परीक्षाका लागि त्रिविले दियो जुम आईडी, पासवर्ड, इन्टरनेटले काम नगरेरेर उपस्थिति नभए फेल

त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर, काठमाडौँ ले कृषि विज्ञान तर्फको आठौं सेमेष्टरको वैकल्पिक विधिबाट सञ्चालन गरिने परीक्षासम्बन्धी थप सूचना प्रकाशित गरेको छ ।

परीक्षाको लागि विद्यार्थीहरु सहभागी हुने समय तोकिएको दिन विहानको ०९ः४५ बजे देखि साँझ ४ः ४५ बजेसम्म सामान्यतय प्रति घन्टा ३० जनाको समुह तोकिएको छ । कुनै कारणवस तोकिएको समयमा उपस्थित हुन कठिनाइ भएमा सोहि दिन ४ः ४५ वजेभित्र अनिवार्य उपस्थित हुनु पर्नेछ तर सो समयमा पनि उपस्थित हुन नसकेमा गयल भएको मानिनेछ र सो विषयको पून परीक्षा हुने छैन तसर्थ भरपर्दो इन्टरनेटको व्यवस्था विद्यार्थी स्वयंले गर्नु पर्नेछ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here