हिमालयन यात्राको मनकारी काम :- सिङ्लाका बालबालिकालाई स्वास्थ्य सामाग्री वितवरण

पर्यटन व्यवसायी रामबहादुर गुरुङको सक्रियतामा विद्यार्थीहरुलाई मास्क,साबुन लगायतका सामाग्री वितवरण गरिएको हो । हिमालयन यात्रा नामक संस्थाले विद्यार्थीहरुलाई कोरोनाबाट बचाउन स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । धार्चेमा अवस्थित सिँहदेवी आधारभूत विद्यालय सिङ्लाका विद्यार्थीहरुलाई संस्थाले विभिन्न स्वास्थ्यका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

स्थानीय तहले कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्ने गरी नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले यस्तो आन्तरिक तयारी थालेका हुन् ।


यहि कुरालाई साथ दिएको छ जिउनु सिङ्ला एशोसिएशन फ्रान्सको सहयोगमा हिमालय यात्रा नामक संस्थाले । सो संस्थाले धार्चे गाउँपालिका वडा नं. ५ सिङ्लाका विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बीच सञ्चालनमा रहेको विद्यार्थीहरुलाई संक्रमणबाट बचाउन दुई संस्थाले एन ९५ मास्क र साबुन वितरण गरेको हो ।


आइतबार एक कार्यक्रमका बीच सिँहदेवी आधारभूत विद्यालय सिङ्लाका शिक्षक शंकर कुलुङलाई हिमालय यात्राका कोषाध्यक्ष रामबहादुर(सुकबहादुर) गुरुङ नेतृत्वको टिमले एन ९५ मास्क १९० थान र २४४ थान साबुन वितरण गरेको हो ।
सो विद्यालयमा १८७ जना बालबालिकाहरु पढ्ने गर्छन् । यी सामग्रीको नियमित प्रयोग गरेमा कोरोना रोकथाममा ठूलो टेवा पुग्ने संस्थाका कोषाध्यक्ष गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here