एक सय बेडको आइसोलेसन तयार गरेका छौं

रामप्रसाद आचार्य काठमाडौ जिल्लाको गोकर्णेश्वर नगरपालिकाका कुशल प्रमुख प्रशासकीय अधिकृत हुन् । अर्थशास्त्र र जनप्रशासनको गहिरो अध्ययन गरेका आचार्यले खरिदार पदमा रहेर वि.सं. २०४६ साल असार २९ गते जिल्ला खानेपानी शाखा कार्यालयबाट सरकारी सेवा प्रारम्भ गरे । अधिकृत आचार्यले कृषि विभाग , सूचना तथा सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला समन्वय समिति, गैँडाकोट नगरपालिका हुँदै हाल पौराणिक धार्मिक स्थल गोकर्णेश्वर महादेव रहेको गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जनतालाई सेवा प्रवाह गरिरहेका छन् । ७ बर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर काम गरेका आचार्यसँग गोकर्णेश्वर नगरमा कोभिड–१९ ले पारेको प्रभाव र यसको सङ्क्रमण जोखिम नियन्त्रण तथा व्यवस्थापनमा भएका कार्य तथा स्थानीय तहको विकास–निर्माणलगायतका विविध विषयमा केन्द्रित भई प्रमुख प्रशासकीय अधिकृत आचार्यसँग गरिएको कुराकानीको सारसंक्षेप
० विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रण र जोखिम कम गर्न गोकर्णेश्वर नगरपालिकाले कसरी काम गरिरहेको छ ?
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट सृजना भएको संकटमा हामी पनि अछुतो रहेका छैनौँ । कोरोनाको सङ्क्रमण जोखिम नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको कारण गोकर्णेश्वर नगरवासिहरुलाई जीवन धान्न मुस्किलको अवस्था आएपछि त्यसलाई मध्यनजर गर्दै विपन्न परिवारलाई नगरपालिकाले राहत पनि बाँडेको थियो जसको कारण आम जनताले महामारीको बीचमा केहि सन्तुष्टि महसुस गरे यद्यपि पर्याप्त भने भएन । दैनिक जीवनमा अत्यावश्यक आवश्य पर्ने नुन, चीनी, तेल, चामल, साबुन आदि सामग्री हामीले प्रदान गरेका थियौँ । लकडाउनको अबधि पटकपटक बढेपछि आर्थिक संकट मात्रै होइन महामारीको जोखिम पनि बढ्यो । त्यसपछि हामीले स्वास्थ्यका क्षेत्रलाई प्रमुख रूपमा ध्यान दियौं जोखिममा रहेका व्यक्तीहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्ने, आपतकालीन अवस्था आएकाहरूलाई एम्बुलेन्स प्रदान गर्ने तथा आपुर्ती सहजीकरण गर्ने जस्ता काम हामीले दिनरात खटेर गर्यौँ । जनतालाई सेवा प्रदान गर्नको लागि हाम्रो नगरपालिका केहि कुरामा पनि चुकेको छैन् । हाम्रो ध्यान स्वास्थ्य क्षेत्रमा रहँदा नगरपालिकाले गर्नुपर्ने विकास निमार्णका कामहरुपनि ठप्प हुनपुगेका छन् । तरपनी यसको जोखिम नियन्त्रणमा आउन सकेको छैन । पोखरेली मावि र सहयोगी उच्च माविलाई हामीले नगर क्वारेन्टाइनको रूपमा सञ्चालन गरेका छौँ । क्वारेन्टाइलाइनलाई परिमार्जित गर्दै हामीले ती स्थानहरूलाई हाल आइसोलेसनको रूपमा राखेका छौँ । हाम्रो नगरपालिका भित्रका ९ वटा वडामा हाल जम्मा २६६ जना संक्रमित रहेका छन् । जसमध्ये १५२ जना पुरुष र ११४ जना महिला रहेका छन् । त्यसमा पनि ७८ जना पुरुष र ४७ जना महिला गरेर १२५ पूर्ण रूपमा निको भएर घर फर्किसकेका छन् । दुखको कुरा हामीले सबैलाई सुरक्षित गराउन खोज्दा(खोज्दै १ जना पुरुषले कोभिड(१९ कै कारण ज्यान गुमाए । यद्यपि हाल होम आइसोलेसनमा ६२ जना पुरुष र ५० जना महिला गरी ११२ जना र हस्पिटलको आइसोलेसनमा १५ जना पुरुष र १३ जना महिला सहित २८ जना छन् । परिक्षणलाई हेर्ने हो भने हामीले आरडिटी ६४२ पुरुष र २२५ महिला समेत गरेर ८६७ जनाको गरेका छौँ ।
पिसिआर टेस्टमा ६७२ पुरुष र ५७८ जना गरि १२५० जनाको गरेका छौं । कन्ट्याक ट्रेसिङ अर्थात् संक्रमित व्यक्तीको नजिक रहेका वा सङ्क्रमितसँग सम्पर्कमा आएका ११०६ जनाको गरेका छौँ त्यसमध्ये ११० जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रत्येक दिन कोरोना संक्रमित बढ्दै गरेको अवस्था छ । हामीले नगरनिवासीहरुलाई कोरोनाको सङ्क्रमणबाट बँच्न सुरक्षित रहन भनेका छौँ । र अत्यावश्यक वस्तुहरुको आपूर्ति सहजीकरण गराउने, स्वास्थ्य सेवा प्रवाह गराउने , अन्य रोगको औषधी पुर्याउने लगायत जनउत्तरदायी कामहरु गरिरहेका छौँ । घरमै आइसोलेसनमा बस्ने क्रममा जोखिम हुने भएकाले कतिपयलाई हामीले अस्पतालको सेवा समेत उपलब्ध गराउनको लागि व्यवस्था गरेका छौँ । नेपाल मेडिकल कलेजमा १०० बेडको आइसोलेसन तयार छ । नगरपालिकाको वडा नम्बर ४ मा रहेकोे सहिद स्मृति पार्कमा रहेको भवनलाई हामीले आइसोलेसन कक्षको रूपमा व्यवस्थापन गरेका छौँ । कोरोना पोजेटिभ भएका व्यक्तिहरू बढिरहेकोले हामीले एउटा सङ्क्रमित निश्चित संख्याभन्दा बाहिर जान दिन नहुने गरी रणनीतिक योजनाका साथ काम गरिरहेका छौँ । हाम्रो जिम्मेवारीबाट हामी पछि अलिकति पनि हटेका छैनौ । हामीले क्वारेन्टाइन निर्माण गर्यौँ , विद्यालयमा सञ्चालित क्वारेन्टाइनलाई खारेज गरिनुपर्छ र विद्यालयमा पठनपाठनको तयारी सुरु गर्नुपर्छ भनेर विद्यालयका क्वारेन्टाइन फेजआउट गर्ने क्रममा सुरु गरेका छौँ । अब हामी सेफ आइसोलेसन बनाउने तयारीमा छौँ । क्वारेन्टाइनमा आएका व्यक्तिहरूको समग्र व्यवस्थापन विशेषगरी खाना, स्वाब संकलन र परीक्षणका लागि हामीले कर्मचारी तथा सोतसाधनको परिचालन निरन्तर गरिरहेका छौँ त्यसको लागि हामीले रणनीतिक योजना बनाएका छौँ । गोकर्णेश्वरमा दिनहुँ कोरोनाका बिरामीहरू बढ्न सक्छन, मृतकको संख्यासमेत बढ्न सक्छ र कोरोनाका बिरामीको उपचारको क्रममा उनीहरुमा अन्य जोखिमसमेत हुने हुँदा त्यसलाई समेत मध्यनजर गरी हामी स्वास्थ्य सतर्कताको आन्तरिक व्यवस्थापनमा जुटेका छौं । स्वास्थ्यकर्मीमा नै जोखिम रह्यो भए भने नगरपालिकालाई व्यवस्थापन गर्न अझै मुस्लिम हुने हुँदा त्यसको लागि अझै रणनीति बनाउन लागेका छौँ ।
यदि कोरोना सङ्क्रमित बिरामीको उपचारकै क्रममा मृत्यु भयो भने शव व्यवस्थापन गर्नुपर्ने ठुलो चुनौती छ सो चुनौतीलाई सुल्झाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिकास्तरीय स्वास्थ्यका साथीहरू अहोरात्र खटिरहेका छन् । उहाँहरूलाई तनावमुक्त हुने गरी काम गर्ने वातावरण सृजना गर्न, स्रोतसाधनको अभाव हुन नदिन, सहज वातावरण दिएर काममा सहयोग गर्नु आवश्यक छ ।

रामप्रसाद आचार्य प्रमुख प्रशासकीय अधिकृत गोकर्णेश्वर नगरपालिका

यदि कोरोना सङ्क्रमित बिरामीको उपचारकै क्रममा मृत्यु भयो भने शव व्यवस्थापन गर्नुपर्ने ठूलो चुनौती छ सो चुनौतीलाई सुल्झाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिकास्तरीय स्वास्थ्यका साथीहरू अहोरात्र खटिरहेका छन् । उहाँहरूलाई तनावमुक्त हुने गरी काम गर्ने वातावरण सृजना गर्न, स्रोतसाधनको अभाव हुन नदिन, सहज वातावरण दिएर काममा उत्प्रेरित गर्न गराउन हामी दत्तचित्त छौँ । जहाँ जुनसुकै बेला गम्भीर समस्या देखिन्छ त्यहाँ सोही रणनीतिका साथ समाधान गर्ने गरी कार्यालयहरूलाई विस्तारै सुधार गरिरहेका छौँ ।
० कोरोनाबाट सबैलाई सुरक्षित गराउन यसको रोकथाम, उपचार र व्यवस्थापनमा गोकर्णेश्वर नगरपालिकाले कसरी काम गरिरहेको छ ?
सबैलाई प्रष्ट महसुस हुनेगरी हामिले सचेतना तथा आग्रह गराएका छौं । कोरोना सङ्क्रमित व्यक्ति परिक्षणबिना पत्ता लगाउन नसकिने भएकाले नगरवासी सबैलाई हामीले सजग रहन र सुरक्षित रहन भनेका छौँ । करीब ८० प्रतिशतमा कुनै लक्षण बिना नै कोरोना सङ्क्रमण पोजेटिभ हुने भएकाले सामाजिक तथा भौतिक दूरी कायम गरी भिडभाडमा नजाने, अत्यन्त जरुरी नपरेसम्म घरबाट बाहिर ननिस्कने, भेटघाट नगर्न , अनावश्यक भिडभाड गरेर चाडपर्व नमनाउन, पटकपटक साबुनपानीले हात धुन, व्यक्तिगत सरसफाइ, सेनिटाइजर र मास्क अनिवार्य लगाउन हामीले सबैलाई निरन्तर सन्देश दिँदै आएका छौँ ।
हरेक व्यक्तिलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बनाउनेतर्फ लागेका छौँ । अन्तर्राष्ट्रिय खुला सिमानाका कारण कोरोनाको जोखिम भएको अनुमान लगाउन सकिन्छ । भारत र तराई क्षेत्रका बारा, पर्साबाट आउने नेपालीहरूको संख्या बढिरहेकोले काठमाडौमा पनि जोखिम बढ्दो छ । कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न भएको खर्च तथा बजेटको विवरण हामीले हाम्रो वेबसाइटबाट सार्वजनिक गरेकै छौँ । जनताले तिरेको रकम हो , अनावश्यक खर्च गर्न पनि भएन, जनताको जीवनरक्षाका लागि जतिसुकै खर्च गर्न पनि हामी पछि हटेका छैनौं । यो महामारीसँग जुध्न विभिन्न अभ्यास गर्दै प्रयत्नशील छौँ । गोकर्णेश्वरका प्रत्येक वडा र टोल विकास समितिसहितका संघसंस्थालाई परिचालन गरेर अझै जोखिम नियन्त्रण गरेका छौँ । कोभिड १९ को रोकथाम गर्न र जोखिम नियन्त्रण गर्न बसेका हरेक मिटिङमा मेयर सन्तोष चालिसेको विशेष उपस्थिति हुनेगरेको छ । यसमा हाम्रो नगरपालिकाले कुनै कसर बाँकी राखेको छैन । र भोलिका दिनमा पनि बाँकी राख्ने छैन । स्थानीय प्रशासनलाई पनि हामीले भरपुर सहयोग गरिरहेका छौँ ।
० कोरोना रोकथाम नियन्त्रण तथा राहत वितरणमा नगरपालिकाले गरेको खर्चको विवरणको के कस्तो रहेको छ ?
हामीले राखेको कोभिड कोषमा २ करोड ८८ लाख ८२ हजार ६ सय ३२ रुपौया जम्मा भएको छ । राहत वितरण, स्वस्थ्य सामाग्री खरिद,क्वारेन्टाईन ,आइसोलेसन व्यवस्थापन र अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी तथा पत्रकारलाई भत्ताहरु शिर्षकमा १ करोड ७८ लाख ७१ हजार १ सय ८५ रुपैया खर्च भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here