२ सय बेडको आइसोलेसन निर्माण गरेका छौं

सक्रिय संक्रमित
विश्वभरी नै फैलिएको कोरोनाको महामारीबाट हामी पनि अछुतो रहेनौं । क्वारेन्टाइन बनायौं । अधिकांश क्वारेन्टाइनहरु विद्यालयलाई बनाइएको थियो । तर लामो समयदेखि पठन पाठन ठप्प रहेका कारण विद्यालयमा रहेका क्वारेन्टाइनहरु हटाउँदैछौं । अब आइसोलेसन बनाउनुपर्ने चरणमा छौं । हामीकहाँ अहिले संक्रिय संक्रमितको सख्या ५३ जना रहेको छ । १५७ जनामा कोरोना संक्रमण देखिएकोमा १ सय ४ जना उपचार पछि निको भएर घर फर्किसक्नुभएको हो । सक्रिय संक्रमितमध्ये कोही होम आइसोलेसन त कोही अस्पतालको आइसोलेसनमा हुनुहुन्छ । चाँगुनारायण नगरपालिकाले ५० बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ । भक्तपुरका चार नगरपालिका मिलेर खरिपाटीमा २०० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको हो । संक्रमितको संख्या र अवस्था हेरेर त्योअनुसार बढाउनुपरे बढाउँछौ । नगरपालिकामा होम आइसोलेसनमा बसेका संक्रमितलाई स्वास्थ्यकर्मीले दैनिक दुईचोटि सम्पर्क गरेर अवस्था बुझ्ने र अप्ठ्यारो भयो भने अस्पताल पु¥याइने व्यवस्था गरेका छौं । कोरोना भाइरस उपचारका लागि भक्तपुरमै भक्तपुर कोभिड अस्पताल र काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा पनि छ। तर संक्रमणको अवस्था हेरेर महामारी फैलिए अन्य अस्पतालमै जानुपर्छ ।
खर्च
चाँगुनारयण नगरपालिकाभित्र ९ वडा छन् । हामीले प्याकेज ख र ग गरि राहत वितरण गरेका छौं । प्याकेज ख मा हामीले चामल १५ केजी, दाल २ केजी, चना २ केजी , तेल १ लि., नुन १ केजी, साबुन २ वटाका दरले राहत वितवरण गरेका थियौं । प्याकेज ग अन्तर्गत हामीले चामल ८ केजी, दाल १ केजी, चना १ केजी, तेल आधा लि., नुन १ केजी, साबुन २ ओटा गरि २१हजार १ सय ३४ लाभान्वितलाई राहात वितरण गरेका थियौ । हामीले नगरपालिका भित्र अति विपन्न परिवार १२ सय ९१ जना र नगरपालिका बाहिरका मजदुर ३१ सय १७ जनाका साथैं भारतीय मजदुरका ५१ परिवारलाई विशेष प्राथमिकताका साथ राहत वितरण गरेका छौं । यो महामारीको समयमा ठूलो सहयोग गर्न नसके पनि घाउमा मलम लगाउने काम हामीले गरेका मात्र हौं । झण्डै ६८ लाख ३८ हजार ९ सय १५ रुपैंया राहत वितवरणमै खर्च भएको छ ।
कोरोनाको उपचार छैन् । त्यही कारण रोगै लाग्न नदिनु ठूलो हो भन्ने कुरालाई आत्मसाथ गरी सचेतना फैंलायौं । कोरोना संक्रमित व्यक्तिको पहचिानको परिक्षण विना सम्भव छैन् । पिसिआर परिक्षण पछि मात्र कोरोना संक्रमित हो वा होइन पहिचान गर्न सक्ने भएका कारण सचेतना नै सबैभन्दा ठूलो औषधि हो भन्ने कुरालाई बोध गर्दै हामीले सामाजिक र भौतिक दूरी कायम गर्ने,भीडभाडमा नजाने, अत्यन्त जरुरी नपरेसम्म घरबाट बाहिर ननिस्कन, पटक–पटक साबुनपानीले हात धुने, व्यक्तिगत सरसफाइ, सेनिटाइजर र मास्क अनिवार्य लगाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्दै आयौं । यस्तै विदेशका साथै बाहिरबाट आएका व्यक्तिको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरेका छौँ । कोरोनाको शंकास्पद मानिसलाई निःशुल्क डेडिकेटेड एम्बुलेन्स उपलब्ध गराएका छौँ ।
एउटा मुटु, मिगौला र दम लगायतका दीर्घरोगीहरूलाई निःशुल्क उपलब्ध गराएका छौँ । त्यस्तै, एउटा डेडिकेटेड एम्बुलेन्स कोरोेनाका शंकास्पदका व्यक्तिका लागि तयारी अवस्थामा राखेका छौं । सेनिटाइजार र मास्क उत्पादन गरी सीमिति संख्यामै भए पनि नगरवासीका लागि पु¥याएका छौँ । अहिले क्वारेन्टाइन बनाउन लागेका छौँ ।नियन्त्रणको लागि जनस्तरमा जनचेतना फैलाउने, केएमसी अस्पताललाई कोभिड अस्पताल बनाउन पहल भए अनुसार सरकारले निर्णय गरी सुेवा सुचारु भएको छ । सबै स्वास्थ संस्थालाई परिचालन गरि बिरामी पहिचान र उपचारका लागि सम्बन्धीत अस्पतालमा पुराउने , नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप क्वारेन्टाइन सञ्चालन गरेका छौं । समुदायमै गइ पिसिआर परिक्षणको लागि नमुना संकलन गरि पठाउने सबै जनप्रतिनिधि अहोरात्र खटिई आमनगरवासीमा सचेतना र सहजीकरण गर्ने जस्ता कामका अलवा अहिले आइसोसेलशन थप गर्ने काम पनि भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here