कोरोना रोकथाम र नियन्त्रणमा साढे २ करोड खर्च भइसकेको छ

वि.सं. २०५५ सालतिर माध्यमिक तहमा गणित र अर्थशास्त्रको अध्यापन गराउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्र स्याङ्जाको सहलेखापालबाट निजामती सेवामा प्रवेश गरेका कुशल कर्मचारी हुन् शिब प्रसाद लम्साल । पछि वि.सं. २०६० सालमा लम्साल नायब सुब्बामा नाम निकाल्न सफल भए र उनी काठमाण्डौँको कृषि विकास कार्यालयमा आए । वि.सं. २०६३ सालमा प्रशासन क्षेत्रकै सेक्सन अफिसर हुँदै अथक मिहिनेत पश्चात् वि.सं २०७३ सालमा उपसचिव हुन सफल भए । गृहमन्त्रालय अन्तर्गत रहेर ९ बर्ष काम गरेका लम्सालले सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर रूकुममा समेत काम गरेका लम्सालले । नवलपरासीमा भने जिल्ला प्रशासन कार्यालयको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे । इलाका प्रशासन कार्यालय कावासेतीको कार्यालय प्रमुख समेत भएका लम्साल अध्यागमन विभागमा रहेर करिव ३ बर्ष काम गरेको अनुभव रहेको बताउँछन् । निवार्चन आयोग, गृह मन्त्रालय, श्रम मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै लम्सालले स्थानीय तहमा सेकेन्ड क्लास (उपसचिवको रूपमा ) प्रवेश गरेका लम्साल तनहुँको भानु नगरपालिका, विरगंज महानगरपालिकामा दोस्रो दर्जाको प्रमुखको रूपमा काम गरेको सुनाउँछन् । नुवाकोटको वेलकोटगढी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हुँदै वि.सं. २०७७ साल साउन २१ बाट हाल कार्यरत रहेको तारकेश्वर नगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन् । लम्साल यस्ता निष्ठावान निजामती कर्मचारी हुन जसले २२ बर्ष भन्दा बढी समय सरकारी सेवामा बिताएका छन् ।
विश्व समुदाय अहिले कोरोनाभाइरस कोभिड(१९) को महामारीसँग युद्ध गरिरहेको छ । यो महामारीबाट नेपाल जस्तो विकासको गतिमा पाइला चाल्दै गरेको मुलुक पनि अछुतो रहन सकेको छैन । राजधानी काठमाडौँमा पनि दिनानुदिन कोरोनाको सङ्क्रमण जोखिम बढिरहेको छ । राजधानी काठमाडौँसँगै रहेको सुन्दर मनोरम तारकेश्वर नगरपालिकापनि यो रोगको सङ्क्रमण रोकथामका निम्ति क्रियाशिल छ । यसैबीच कोरोना संक्रमण रोकथाम र जोखीम न्यूनिकरणकालागि तारकेश्वर नगरपालिकाले गरेका प्रयास र तारकेश्वर नगरपालिकामा कोरोनाको वर्तमान अवस्था एवं महामारी नियन्त्रणमा नगरपालिकाको कार्यप्रगतिको विषयमा समुन्नति मासिकका लागि प्रमुख प्रशासकीय अधिकृत शिब प्रसाद लम्सालसँग गरिएको कुराकानीको संक्षेप
० कोरोनाको संक्रमण जोखिम न्यूनिकरण र रोकथामका लागि तारकेश्वर नगरपालिकाले कस्ता चुनौतीहरूको सामना गर्नुपरेको छ ?
वर्तमान अवस्थामा कोभिड १९ (कोरोनाभाइरस)का कारण विश्व मानव समुदाय नै प्रभावित भएको छ । कोरोनाबाट बँच्न , बँचाउन र सुरक्षित रहन अपनाउनुपर्ने उपायहरूदेखि संक्रमण नियन्त्रणमा हामी निरन्तर सिमित स्रोत र साधनलाई अधिकतम प्रयोग र परिचालन गर्दै खटिएका छौँ । विगत ६ महिनाभन्दा लामो समयदेखि हामीमा हाम्रा नागरिकहरूको स्वास्थ्यलाई सुरक्षित बनाउने चुनौती थपिएको छ । गत फागुनको अन्तिम साताबाट हामीले हेल्पडेस्कको स्थापना गरी यहाँबाट बाहिरिने र भित्रिने व्यक्तिहरूको तापक्रम मापन गर्न सुरु गर्यौँ । जसले गर्दा कोरोनाको सङ्क्रमण हुनसक्ने व्यक्तिहरू नियन्त्रणमा र निगरानीमा रहन थाले । लगत्तै नगर क्षेत्रमा सरसफाईका कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढायौँ । सरसफाई सगसगै र स्वास्थ्य क्षेत्रमा आवद्ध कर्मचारीहरुलाई महामारीसँग जुध्न प्रशिक्षित गराउन लाग्यौं । त्यसपछि कोरोना नियन्त्रणका लागि पालिकामा निश्चित फोकल पर्सन तोक्यौं। कर्मचारीहरुमा हात मिलाउनुको सट नमस्कार गर्ने संस्कार एवं बानीको विकास गर्यौँ र सबै कर्मचारी र नागरिकहरूले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, बारम्बार साबुनपानीले हात धोइरहनेलगायत सन्देश नगरक्षेत्रका सर्वसाधारणमा बारम्बार सम्प्रेषण गर्यौँ । लगभग १५ दिनसम्म हामीले हाम्रा ११ वटै वडामा माइकिङ मार्फत स्वास्थ्य सतर्कताको सन्देश दियौँ । स्वास्थ्य चौकीहरुलाई पूर्ण तयारी गराएर सामान्य बिरामीहरुलाई पनि गम्भीरतापूर्वक जाँच र औषधि वितरण गर्न निर्देशन दियौं । स्वास्थ्यकर्मीहरूलाई पीपीई, बाल्टिन, जग, साबुन, वाटरहिटर र थप औषधिको आपुर्तिलाई चुस्त र पर्याप्त गरायौँ ।
० नगरपालिकामा कोरोना महामारीको पछिल्लो अवस्था कस्तो छ ?
गत बर्षको चैत ११ गतेदेखि देशभर अनिश्चितकालीन बन्दाबन्दी रह्यो । कहिले खुकुलो हुँदै र कहिले कर्फ्युसम्म लगाउँदै कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न अथक प्रयास ग¥यो । अहिले लकडाउन केहि खुकुलो बनाइएको छ यद्यपि कोरोनाको जोखिम नियन्त्रणमा आएको छैन । लकडाउन खुलेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । कोरोनाको जोखिम दक्षिण एसियामा पनि बढन थालेपछि खुला सिमाना रहेको छिमेकी देश भारतका विभिन्न प्रान्तमा रोजगारको सिलसिलामा गएका कयौं नेपालीहरु स्वदेश फर्किन थाले । भारतमा रेलवे सुरु भएपछि श्रम गर्न गएका धेरै नेपालीहरू एकैपटक ठूलो संख्यामा फर्किए । नगरपालिकाले बाहिरबाट आउनेहरुलाई नियन्त्रण र नियमन गर्दागर्दै पनि संक्रमितहरूबाट कोरोना फैलिन थाल्यो । सबैतिर भीडभाड बढेपछि कोरोना संक्रमण समुदायस्तरमा फैलिन थाल्यो । भारतीय बजारबाट नेपालतर्फ आउजाउमा सहज हुन पुग्यो । यसरी कोरोनाले उग्र रूप लिन थाल्यो ।

शिवप्रसाद लम्साल
प्रमुख प्रशासकीय अधिकृत
तारकेश्वर नगरपालिका

० संक्रमितहरुको संख्या कति पुग्यो ?
नगरपालिकामा असोज १ गतेको मितिसम्ममा कोरोनाको सङ्क्रमण १५१ जना महिला र १७७ जना पूरुषमा देखिएको छ । नगरपालिकाको ११ वटै वडामा गरेर ३२८ जना संक्रमित रहेका छन् । उपचारबाट घर फर्केका पनि मध्य ५१ जना महिला छन् भने ५७ जना पूरुष रहेका छन् । यो महामारीबाट आफ्नो नागरिकहरूलाई जोगाउन खोज्दा खोज्दै पनि दुर्भाग्यवश २ जना पूरुषको भने मृत्यु भएको छ । वडा नं. ११ का एक पुरुषको किष्ट अस्पतालमा र वडा नं. ८ का ७४ बर्षीय पुरुषको टिचिङ अस्पतालमा मृत्यु भएको हो । हालसम्म संक्रमितको संख्या भने १०० जना महिला र ११८ जना पुरुष गरेर २१८ जना रहेका छन् । होम आइसोलेसनमा १६८ जना रहेका छन् भने अस्पतालको आइसोलेसनमा कक्षमा २४ जना छन् । कोभिड सेन्टरमा २३ जना रहेका छन् । त्यस्तै होटल आइसोलेसनमा २ जना रहेका छन् । साथै १ जना संक्रमित सम्पर्क बाहिर छन् । हामीले आजको मितिसम्म १२१५ जनाको पिसिआर परिक्षण गरेका छौँ । कन्ट्याक ट्रेसिङबाट १२५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
० कोरोना रोकथाम तथा नियन्त्रणको लागि के कति खर्च गरेको छ ?
पालिकाले आजसम्म जम्मा २ करोड २४ लाख ३४ सय ८७ रूपैयाँ कोरोना रोकथामका विभिन्न शिर्षकमा खर्चिएको छ । जसमध्ये क्वारेन्टाइन व्यवस्थापनको लागि ७ लाख ६५ हजार ७ सय ५६ रूपैयाँ खर्च भइको छ । संक्रमितको उपचारमा १४ लाख ७४ हजार २ सय ९० रूपैयाँ, औषधी खरिदमा ४३ लाख ४ हजार २ सय ३६ रूपैयाँ र विपन्न तथा ज्यालादारी गर्नेहरूलाई राहत वितरणमा गरि १ करोड ९७ लाख २९ हजार २०५ रूपैयाँ खर्च गरेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here