बिहान ६ बजेदेखी २१ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा

प्रदेश ५ को राजधानीका लागि दाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्किएको छ । आन्दोलन नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार सूचना जारी गरी बुटवलमा चार दिन निषेधाज्ञा घोषणा गरेको छ । आइतबार बिहान ६ बजेदेखि २१ असोज बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

यो अवधिमा सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन रोक लगाइएको छ । त्यस्तै, पाँचजनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भई हिँडडुल गर्न पनि नपाइने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो ।नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने पक्षमा संसदमा मतदान गर्ने निर्णय गराएका हुन्।

शुक्रबार प्रदेश सरकारले दांग जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले चर्चको राप्ती नदी किनारको मैदानी भाग र राप्ती उपत्यका ९देउखुरी० प्रदेशको राजधानी तोक्ने प्रस्ताव संसदमा दर्ता गरेको छ।

नेकपा संसदीय दलको निर्णयसंगै प्रदेशको राजधानी र नामाकरण अब औपचारिक रुपमा टुंगाउन मात्रै बाँकी छ।

यद्यपि साविक लुम्बिनीको रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासी पश्चिमका सांसदहरुले भने रुपन्देही राजधानी बनाउनुपर्ने माग गरेका छन्।

प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, मधेसकेन्द्रित दलका ६, राजमोका १ सांसद गरि कुल ८७ सांसद छन्। यसअघि नेकपा भित्रकै विवादको कारण प्रदेश राजधानी कहा राख्ने भन्ने विषय अन्यौलमा थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here