अब कोरोना टेस्टको नतिजा १५ देखि २० मिनेटमै आउनेछ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोभिड-१९ पत्ता लगाउने एउटा परीक्षणले न्यून र मध्यम आय भएका मुलुकमा कोरोनाभाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने बताएको छ।

स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोभिड-१९ पत्ता लगाउने प्रक्रियामा पाँच डलर मात्र लागत पर्ने उक्त परीक्षण प्रविधिले सकारात्मक परिवर्तन ल्याउने ठानिएको छ।

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघेसँगै डब्ल्यूएचओले यस्तो बताएको हो । विश्वभर कोरोनाबाट मृत्यु हुनेमध्ये आधाभन्दा धेरैको मृत्यु अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा भएको छ ।

डब्ल्यूएचओका अनुसार नयाँ परीक्षणको खर्च केवल पाँच डलर पर्न आउँछ । जसको कारण स्वास्थ्यकर्मी र प्रयोगशालाको अभाव भएका मुलुकमा यो परीक्षण निकै महत्वपूर्ण रहन सक्छ । डब्ल्यूएचओका अनुसार यस किसिमको परीक्षण गर्न सक्ने प्रविधिको विकास गर्ने कम्पनीसँग भएको सम्झौता अनुसार अबको ५ महिनामा १२ करोड मानिसको कोरोना परीक्षण गर्न सकिन्छ ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेयेससले नयाँ प्रविधिले १५ देखि २० मिनेटमा कोरोना परीक्षणको नतिजा दिने बताएका छन् । औषधि निर्माता एबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनसँग मिलेर १२ करोड टेस्ट्स तयार पार्ने सहमति जनाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here