कोरोनाबाट बच्न नेपाल सरकारद्वारा जारी निर्देशन पूर्णरुपमा पालना गर्नु पर्छ

कोरोना कहर पछि कोभिड भाइरसको रोकथाम र नियन्त्रणमा सबैभन्दा प्रभावकारी भूमिका देखिएको छ स्थानीय सरकारको । केही स्थानीय सरकाररु २४ सै घण्टा अलर्ट रहेर धेरै उल्लेखनीय काम गरेका छन् । तर कतिपय स्थानीय तहमा कोरोना रोकथाम र नियन्त्रणका नाममा भद्रगोलपूर्ण स्थिती पनि देखियो । रसुवाको उत्तरगया गाउँपालिका पनि कोरोना रोकथाम र नियन्त्रणको क्रममा पटक पटक विवादमा तानियो । माननीय मोहन आचार्यका घरमा क्वारेन्टाइन निर्माण भएको ,विदेशबाट फर्किएकालाई सो क्वारेन्टाइनमा राख्न नमानेको,निलकण्ठस्थित क्वारेन्टाइनबाटै कोरोना फैलिएकोमात्र नभई कोरोना रोकथाम तथा नियन्त्रणमा अस्वभाविक ७० लाख खर्च विवरण सार्वजानिक भएको छ । सो गाउँपालिकाको उपाध्यक्ष चमेली गुरुङसँग कोरोना रोकथाम र नियन्त्रणको सेरोफेरोमा हामीले केही सबाल राखेका छौं ।

० कोरोना रोगको संक्रमण रोक्न उत्तरगया गाउँपालिकाले के–कस्ता उपाय अवलम्बन गरिरहेको छ ?
पहिलो चरणमा आम जनमानसमा यो रोगले धेरै नै त्रास फैलायो । विश्व नै आक्रान्त पारेको महामारी भएकाकारण बहुसंख्यक जनतामा मनोवौनिक त्रास थियो । कोरोना भाइरसको औषधि उपचार छैन् । भन्छन नि रोग लाग्नु भन्दा रोगै लाग्न नदिनु उचित । त्यही अनुसार रोगबाट बचाउने एउटै माध्यम हो सचेतना । शुरुवाती चरणमा कोरोना रोगविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गर्यौ । व्यापक प्रचार प्रसार गरियो । यस्तै हरेक घरपरिवार तथा व्यक्तिपिच्छे मास्क, हात धुने साबुन, ह्यान्डवास तथा सेनिटाइजरलगायतका सामग्री वितरण गरियो । लकडाउनका कारण स्थानीयबासीहरुको दैनिक जीवन यापन सञ्चालनमा अवरोध भइरहेको स्थिती थियो । हामीले गाउँपालिकाभित्रका ५ वटै वडामा २ चरणमा राहतका सामाग्रीहरु वितवरण गर्यौं । गाउँपालिकाभित्र रहेका श्रमिकका अलवा भूकम्पबाट विस्थापित परिवारलाई दुई चरणमा गरि ३१ सयभन्दा बढी घरपरिवारलाई राहत वितरण गरेका छौं ।
रसुवा जिल्ला लामो समयपछि मात्र कोरोना संक्रमित भेटिएको जिल्ला हो । देशका ७६ अ‍ैं जिल्लामा कोरोना संक्रमित पुग्दा समेत रसुवा कोरोना मुक्त जिल्ला थियो । यसको श्रेय जिल्लाबासी रसुुवाली दाजुभाई दिदीबहिनीहरुलाई नै जान्छ । यस्तै फ्रन्ट लाइनमा खटिदिनुहुने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतका साथीहरुमा जान्छ । उहाँहरुको प्रयासका कारण सफल भयो । पछिल्लो समयमा केहि संक्रमित देखिए पनि हाल उहाँहरु प्नि निको भएर घर फर्किसक्नु भएको छ । र अहिले यहाँसँग कुरा गरिरहँदा रसुवा जिल्ला कोरोना संक्रमित मुक्त जिल्ला छ ।

चमेली गुरुङ उपाध्यक्ष उत्तरगया गाउँपालिका

० संक्रमण रोक्न स्थानीय जनताबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
सरकार एक्लै प्रयाशले कोरोना संक्रमण नियन्त्रण हुन सक्दैन् । यसमा उत्तिकै चनाखोपना र सतर्कता जनताले पनि अपनाउनु जरुरी छ । कोरोना संक्रमणबाट बच्न सतर्कताका विविध उपाय एवं नेपाल सरकारद्वारा जारी निर्देशन पूर्णरुपमा पालना गरिदिनु पर्याे । कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिनु हुने स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारीलाई सकरात्मक सहयोग गरी मनोबल उच्च बनाइदिने काम समुदायस्तरबाट होस् । साथै कोरोना पोजिटिभ देखिएका वा क्वारेन्टाइनमा बसेकाको परिवारलाई अछुत जस्तो व्यवहार नहोस् ।
० संघीय र प्रदेश सरकारबाट कस्तो सहयोग पाइरहनुभएको छ ?
कोरोना रोकथाम र नियन्त्रणमा तिनै तहको सरकारको भूमिका हुनुपर्ने हो तर संघीय र प्रदेश सरकारबाट अपेक्षा गरेअनुसारको सहयोग प्राप्त भएको छैन । प्रदेश सरकारबाट गत आर्थिक वर्षमा १० लाख रुपैयाँ राहत वितरणका लागि सहयोग प्राप्त भएको थियो । संघीय सरकारबाट विभिन्न निर्देशन प्राप्त भइरहेको छ ।
० कोरोना रागको रोकथाम तथा नियन्त्रणको लागी केन्द्रीय सरकारले कस्तो कदम चाल्नुपर्ला ?
अझैं पनि पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ । स्थानीय तहलाई आवश्यक भिटीएम कीट, पिपिई लगायत स्वास्थ्य सुरक्षा सामग्री संघीय सरकारले उपलब्ध गराउनुर्छ । आइसोलेशनका लागि अस्पतालको व्यास्थापन, स्वास्थ्यकर्मी, डाक्टरको व्यवस्थापन संघीय सरकारले गर्नुपर्छ ।
० क्वारेन्टाइन तथा आइसोलेसन निमार्ण गर्दा के कस्ता समस्या चुनौती आए ?
कोरोना रोकथाम तथा नियन्त्रण अहिले विश्वकै मुख्य एजेण्डा बनेको छ । त्यसैले हामी सबै जना यसलाई नियन्त्रण गर्न एकजुट हुनु आवश्यक देखिन्छ । तर कोरोना रोकथाम र नियन्त्रणमा स्थानीय, प्रादेशिक र संघीय सरकारबीच सहकार्य र समन्वयको अभाव रह्यो । त्यो हामीले महसुस गरेका छौं । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि यी तीन तहका सरकार जसरी मिलेर अघि बढ्नु पथ्र्यो, त्यसो भइरहेको छैन। हामी कोरोना कहरमा २४ सै घण्टा,दिन रात,घाम पानी नभनी अहोरात्र खटियौं । अहिले पनि खटिरहेका छौं । त्यसको मूल्यांकन गरेर सकिँदैन । अहिले क्वारेन्टाइनको व्यवस्थापनमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी दैनिक क्वारेन्टाइनका लागि खटिरहेका छन् । पिपिईको अभाव छ । काम गर्दै जाँदा कतै अलमल पनि भएको जस्तो लाग्छ । हामीले आफ्नो क्षमता र स्रोत साधनले भ्याएसम्मका गरेका छौं । यहा हामी जनप्रतिनिधीहरु,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, रेडक्रसका साथीहरुका साथै कर्मचारीहरु पनि उत्तिकै खटिरहनु भएको छ ।

० क्वारेन्टाइन र आइस्वलेसन कहाँ कहाँ स्थापना गर्नु भएको छ ?
कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि हामीले पहिले चरणमा ५ वटै वडामा क्वारेन्टाइन निर्माण गरेका थियौं । वडा नं १ को चिप्लेटी मा वि., २ नं मा डाडाँगाउँ माविमा, ३ मा भूमिदेवी माविमा , ४ मा भूवनेश्वर प्राविमा र ५ मा निलकठ माविमा निमार्ण भयो तर पछिल्लो चरणमा क्वारेन्टाइन भन्दा पनि आइसोलेसनको आवस्यक पर्न थाल्यो त्यस पछि हामीले त्यसैलाई आइसोलेसना परिणत गर्यौं । वडा नं २ र ५ मा १६ शैया को र १, ३ र ४ मा १० शैयाको क्वारेन्टाई थियो भने हाल निलकंठ स्वास्थ्य ईकाइमा व्यवस्थी १८ शैयाको, चिप्लेटी प्राविमा १० शैयाको , भूवनेश्वरी प्रावीमा १० शैया, ठूलोगाउँ निवामिमा १० शैयाको आइसोलेसन निर्माण भएको छ ।
० उत्तरगया गाउँपालिकामा हाल सम्म कती जना संक्रमित छन् ?
आजको मितिसम्म हाम्रो गाउँपालिकामा २ महिला र ३ जना पुरुष गरी ५ जना संक्रमित रहेका छन् ।

० कोरोना रोकथाम तथा नियन्त्रणको लागि के कती खर्चनु भयो ?
हामीले ५ ओटै वडाका वडा अध्यक्षसँग समन्वय गरेर २ चरणमा राहत वितरण गरौं । राहत वितरण गर्दा ३७ लाख ३२ हजार ५ सय ६८ रुपैंया, स्वास्थ्य सामाग्री खरिदमा १५ लाख ५९ हजार ९ सय ८५ रुपौंया, क्वारेन्टाइन निमार्ण तथा व्यवस्थापनमा १० लाख ६८ हजार ५ सय ८७ रुपैंया, प्रहरी चेकपोष्ट निर्माणमा ७३ हजार २७१ रुपैंया, कोरोनाको सचेतनामूलका काममा २७ हजार ६ सय ८० रुपैंया, हेल्पडेक्सका लागि सामाग्री खरिद गर्दा २२ हजार ९ सय ४० रुपैंया, हेल्पडेक्स घरभाडामा ९ हजार रुपेंया , प्रहरी कर्मचारी तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र हेल्पडेक्स काम गरेबापत भत्ता १६ लाख ४ हजार २ सय ५० रुपैंया, एम्बुलेन्स खर्च ३ लाख ५८ हजार ५० रुपौंया गर्दा जम्मा ७० लाख ५२ हजार ३ सय ३१ रुपैंया खर्च भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here