साहित्य, संगीतमा को–को सम्मानित ?

कोरोना कहरबीच सरकारले दशौं करोड खर्चेर तक्मा बाँड्यो । जसमा केही यस्ता साहित्यकार, कलाकार विभुषित भए जसको नाम देखेर साहित्यिक र कलाकारितावृत्तका नाक खुम्च्याउँदै छन् । विभूषित केही पात्र छन् जसको साहित्यिक र कलाकारिता वृत्तमा नामै खास सुनिएको छैन ।
सुप्रवल जनसेवाश्री तृतीय भद्रकुमारी घले, रामबाबु सुवेदी, भूपू प्राज्ञ नारदमुनी हार्तम्छाली, निशा पोखरेल शर्मा, बद्री विशाल पोखरेल, संगीतकार बुलुहाङ राई मुकारुङ, रामप्रसाद कपाडीले पाए । पटक–पटक गुटको शिकार भएका लेखक दयालबहादुर शाही यसपटक विभूषित भए । यस्तै कीर्तिमय राष्ट्रद्वीप चतुर्थबाट चित्रकार हरिप्रसाद शर्मा, विल्सनविक्रम राई विभूषित भए ।
प्रवल जनसेवाश्री चतुर्थबाट संगीतकार सुरेन्द्रगोपाल श्रेष्ठ, मूर्तिकार यज्ञरत्न बज्राचार्य, लोकगायिका देवी माया थापा मगर, साहित्यकार राधवेन्द्रकुमार श्रीवास्तव, संगीतकार नरेन्द्र खड्का क्षेत्री, चलचित्र निर्माता मञ्जुकुमार श्रेष्ठ, गीतकार मुकुन्दराज शर्मा, तबलावादक सरिता मिश्रसँगै मदन भण्डारीको तस्बिर सँगालेर डकुमेन्ट्री बनाएवापत कवि अनिरुद्रप्रसाद पौडेल (कृषि विकास बैंकका रिटायर्ड कर्मचारी) विभूषित हुनेको सूचीमा छन् । जनसेवाश्री पञ्चमबाट गायक कृष्णप्रसाद काफ्ले, झुमा बनेम लिम्बू, डिबी टुहुरेलगायत विभूषित भएका छन् ।
अघिल्लो वर्ष मात्र लुट्न सके लुट गीत गाएर चर्चा कमाएका गायक पशुपति शर्माको गीत युट्युबबाटै हटाउन लागेपछि सरकारले उनलाई तक्मा दियो । सो तक्मा उनले बहिष्कार गरे । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले समेत तक्मा बहिष्कार गरेका छन् । अहिले गृह मन्त्रालयअन्तर्गतको आभूषण शाखामा झण्डै यसरी बहिष्कृत भएको साढे तीन सय तक्मा अलपत्र रहेको सो शाखाका एक अधिकृतले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here