छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी

सुन्दा अचम्म लाग्न सक्छ तर दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले एउटा यस्तो कडा कानून ल्याउँदैछ जसमा छोटा कपडा लगाउने महिलाहरुलाई कारवाही गरिनेछ ।

१८ वर्षकी मोलिका ट्यानले जब पहिलोपटक सरकारले उक्त कानूनको मस्यौदा तयारी गरिरहेको बारेमा सुनिन् तब उनी यति चिन्तित भइन् कि त्यसविरुद्धमा एक अनलाइन अपिल नै सुरु गरिन् ।

प्रस्ताविक कानून अनुसार कम्बोडियाली महिलाहरुलाई ‘उत्तेजक तथा भड्काउ’ पहिरन लगाउन तथा पुरुषलाई जिउको माथिल्लो भाग नांगो अर्थात् टपलेस हुनमा रोक लगाइनेछ ।

सांस्कृतिक परम्पराहरु तथा सामाजिक प्रतिष्ठालाई बचाउने प्रयासका रुपमा उक्त कानून बनाउन लागिएको सरकारको दाबी छ । तर धेरै मानिसहरुले त्यसको विरोध गरेका छन् ।

मोलिकालाई यस्तो कानून महिलामाथिको आक्रमण हो भन्ने लाग्छ । एक कम्बोडियाली युवाको रुपमा आफू घरबाहिर पनि सुरक्षित महसुस गर्न चाहने र आफूलाई सहज महसुस हुने कपडा पहिरिन चाहने उनको भनाइ छ । कपडाका माध्यमबाट आफूलाई प्रस्तुत गर्न चाहने भन्दै उनले सरकारले यसमा कुनै व्यवधान नगरोस् भन्ने उनको चाहना छ । महिलालाई छोटो स्कर्ट लगाउनबाट रोक्नुका साटो संस्कृति संरक्षणका अन्य उपाय अपनाउनुपर्ने उनको सुझाव छ ।
उनले गत वर्ष सुरु गरेको अनलाइन हस्ताक्षर अभियानमा अहिलेसम्म २१ हजारभन्दा धेरै हस्ताक्षर संकलन भैसकेको छ । साथै उक्त अभियानमा नामक ह्यासट्यागको प्रयोग गरिरहेका छन् ।

त्यस्तै विश्वमा केही यस्ता राष्ट्रहरु रहेका छन् जहाँ स्तन देखाएमा कडा सजायको भागिदार हुनुपर्छ । महिला पक्षमा कानुन नभएको भन्दै बेलाबेला यस्ता देशहरुमा आन्दोलन समेत हुने गरेको छ । आउनुहोस् हेरौ महिलाले सार्वजनिक स्थलमा स्तन देखाएमा कस्ताकस्ता सजाय दिइन्छ यी देशहरुमा

१. आयरल्याण्ड
यदी महिलाले सार्वजनिक स्थलमा स्तन देखाएमा यस देशको कानुन अनुसार ६ महिना जेल सजाय वा ६३४.८७ युरो जरिवाना तिर्नुपर्छ ।

२. मेक्सिको
मेक्सिकोमा पनि खुलेआम स्तन देखाएमा कानुनी रुपमै कारबाही हुन्छ । यदी आमाले बच्चालाई खुलेआम स्तनपाउन गराउन छ भने लाइसन्स लिनुपर्ने व्यवस्था रहेको छ । सन् २०१३ पश्चात यस विषयमा मेक्सिको सरकार लचिलो भएको देखिन्छ ।

३. टर्की
टर्कीमा यदी सार्वजनिक स्थलमा महिलाले स्तन देखाएमा जरिवाना तिर्न लगाइन्छ । सन् २०१४ मा डेपुटी प्रधानमन्त्री बुलेन्ट एरिन्कले सार्वजनिक स्थलमा महिलाहरुलाई हाँस्न समेत प्रतिबन्ध लगाउन प्रस्ताव राखेका थिए ।

४. ब्राजिल
ब्राजिलको कानुन अनुसार यदी महिलाले सार्वजनिक स्थलमा स्तन देखाएर हिडेमा तीन महिना देखि एकवर्षसम्म जेल सजाय हुन्छ ।

५. रसीया
रसीयामा पुरुषहरुलाई माथि भागमा कपडाबिहिन भएर हिड्न कुनै रोकतोक छैन । तर, महिलाले त्यसो गरेमा ५० युरो जरिवाना तिर्न लगाइन्छ ।

६. मोनाको
मोनाकोमा सार्वजनिक स्थलमा स्तन देखाएमा मृत्युदण्डको सजाय दिने गरिन्छ ।

७. माल्टा
माल्टामा सार्वजनिक स्थलमा बक्षस्थल देखाएमा जरिवाना वा जेल सजाय हुने व्यवस्था रहेको छ ।

८. युनाइटेड अरब इमिरेट्स
युअइमा स्तन देखाएमा महिलालाई कम्तिमा ६ महिना वा सोभन्दा बढी जेल सजाय हुने नियम रहेको छ ।

९. पाकिस्तान
पाकिस्तानमा तपाई स्मार्टफोन बोके झै बन्दुक लिएर हिड्न सक्नुहुन्छ । तर, सार्वजनिक स्थलमा महिलाले स्तन देखाएमा रु २०० जरिवाना तिर्न लगाइन्छ ।

१०. सिंगापुर
सिंगापुरमा यदी महिलाले सार्वजनिक स्थलमा स्तन देखाएमा ९० दिन जेल सजाय वा २००० अमेरिकी डलर जरिवाना तिर्न लगाइन्छ ।

११. सिरिया
सिरियामा महिलाले हिजाब लगाउन नमानेमा वा स्तन देखाएमा सार्वजनिक रुपमा त्यस्ता महिलाहरुको बेइज्जत गर्ने, पिट्ने, जरिवाना तिर्न लगाउने गरिन्छ । सिरियामा यस्ता कार्य पुर्णत भगवान विरोधी भएको मानिन्छ ।

१२.थाइल्याण्ड
थाइल्याण्डमा महिला वा युवतीले खुलेआम स्तन देखाएमा ९.५० पाउण्ड तिर्न लगाइन्छ । त्यतिनै रकममा एउटा यौनकर्मीले थाइल्याण्डमा पाइने गर्छन् ।

१३. इराक
इराकमा पनि सिरियामा भएजस्तै नियम रहेको छ ।

१४. इजिप्ट
इजिप्टका पुरातात्वयिक कलामा महिलाहरुले स्तन देखाएका धेरै दृश्यहरु रहेका छन् । तर, इजिप्टमा महिलाहरुले सार्वजनिक स्थलमा स्तन देखाएमा जेल सजाय हुने गर्छ ।

१५. मोरोक्को
सुन्दर राष्ट्र, त्योभन्दा पनि सुन्दर महिलाहरु भएको राष्ट्र । सार्वजनिक स्थलमा महिलाहरुले स्तन देखाएमा यस देशको नियम अनुसार दुई वर्षसम्मको जेल सजाय हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here