शेरधन राईको श्रीमती हुँ भन्दै हिड्ने बालिका पक्राउ

शेरधन राईको श्रीमती हुँ भन्दै हिड्ने बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई महानगरीय प्रहरी परिसर कोटेश्वरले पक्राउ गरेको हो । नेकपाको पार्टी कार्यालय रहेको पेरिसडाँडाबाट उनलाई कोटेश्वर प्रहरीले पक्राउ गरेको हो । त्यहाँ सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि उनलाई प्रहरीले पक्राउ गरी अहिले पक्राउ परेकी खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । राईले २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारीरिक शोषणा गरेको खड्काले आरोप लगाउँदै आएकी थिइन् ।
यसअघि उनले राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी थिइन् । केही दिनअघि प्रमाण पु‍र्याउन नसकेको भनी खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी छिन् । लामो समयदेखि राईले आफूमाथि दुर्व्यहार गरेको बालिकाले अरोप लगाउँदै आएकी थिइन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here