‘ठूलो नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पेरिसडाँडा पुगेकी बालिका खड्का पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको बेला दोलखा घर भएकी बालिका खड्का कोटेश्वरस्थित पेरिसडाँडाबाट पक्राउ परेकी छन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी खड्का पक्राउ परेको प्रहरीले जनाएको छ । केही दिनअघि प्रमाण पु‍र्याउन नसकेको भनी खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी छिन् । लामो समयदेखि राईले आफूमाथि दुर्व्यहार गरेको अरोप लगाउँदै आएकी थिइन् । सत्तारुढ नेकपाको पेरिसडाँडामा सुरुभएको केन्द्रीय सचिवालय बैठकमा ‘ठूलो नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई प्रहरी प्रभाग कोटेश्वरमा राखेको छ ।

उनले आफूले अरु व्यक्तिको उक्साहटमा मुद्दा दायर गरेको र फिरादपत्रमा गरिएको दाबी पुष्टि गर्ने आफूसँग ठोस प्रमाण नभएको भन्दै बिहीबार मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् । खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दाको म्याद मुख्यमन्त्री राईले नबुझ्दै फिर्ताका लागि निवेदन दिएकी हुन् । उक्त मुद्दाको पेशी आउँदो कात्तिक १८ गतेका लागि तोकिएको थियो।

उक्त निवेदनमाथि सुनुवाई गर्दै बिहीबार नै जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले मुलुकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९६९२० अनुसार मुद्दा फिर्ताका लागि अनुमति दिएका थिए।

खड्काले सञ्चार माध्यममा पनि राईले २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारीरिक शोषणा गरेको आरोप लगाएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here