सामाजिक सञ्जालमा खपत हुने संबोधन

सामाजिक सञ्जालले मानिसको आनीबानी, रुचि र चिन्तन स्तर मात्रै होइन, आन्तरिक कुरासमेत छर्लंग देखाइदिने गरेको छ । धेरैलाई यो कुरा थाहा नहुन सक्छ तर वास्तविकता यही हो । फेसबुकबाटै कुन साहित्यकारको कुन महिलासँग चक्कर चलिरहेको छ र कुन महिलाको कोसँग दोस्ती झांगिरहेको छ भन्ने प्रस्ट हुन्छ । फेसबुकमा तिनीहरूले गरेको पोस्ट र कमेन्टबाटै यस्तो रहस्य उजागर हुन्छ ।
वरिष्ठ गीतकार एक जनाले एउटी नवोदित कवयित्रीको पोस्टमा कमेन्ट गर्न छुटाउँदैनन् । उनले गर्ने कमेन्ट हुन्छ, मुक्तक मानुषीको वाह मुक्तक ! अर्का कवि कमेन्ट लेख्छन्, प्रिय कविको मुटु हल्लाउने रचना । मानिसजस्तै रचना पनि ओजस्वी । तिनले बडो शब्द कुँदेर कमेन्ट गरिरहेका हुन्छन् । यस्ता कमेन्टमा प्रायः प्रिय कविज्यू, हजुर, यहाँको जस्ता शब्दाबली प्रयोग गरिएको हुन्छ ।
म्यासेन्जर संवादमा महिलाले पुरुषलाई सरकार, हजुर, बाबा, दादाजस्ता शब्द प्रयोग गर्छन् भने पुरुषहरूले चाहिँ महिलालाई नानू, मामू, डार्लिङ, काली, डल्ली, प्रिय, कान्छी सानू, प्रिन्सेज… आदिले सम्बोधन गरेको पाइन्छ । यस्तो काममा प्रायः बूढा कविहरू माहिर रहेको देखिन्छ । एक कवि भन्छन्, ‘मै हुँ भन्ने कवि, साहित्यकारका फेसबुक म्यासेन्जर खोलेर हेर्ने हो भने तिनको असलियत हेरिनसक्नु हुन्छ ।’ उनका अनुसार प्रायःले म्यासेन्जर र भिडियो कलमा अश्लील हर्कतसमेत गर्ने गरेका छन् । यस्ता कार्यमा प्रज्ञाप्रतिष्ठानको उपकुलपति र प्राज्ञ भइसकेका व्यक्तिसमेत छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here