प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना चाकडी गर्ने गुरु भट्टराई, सुशील भट्टजस्ता विवाद्स्पद् व्यक्तिहरुलाई धमाधम नियुक्ति दिलाएपछि मन्त्रीहरु पनि प्रधामन्त्रीभन्दा के कम ?
विगतमा भ्रष्टचारमा डामिएका र असक्षमका विल्ला लागेकाहरुलाई पुन नियुक्ती दिनका लागि अहिले धमाधम ऐन नियमावली संशोधनमा व्यस्त छन् केही मन्त्रीहरु ।
यस्तै खेलो फड्को चल्दै छ अहिले उद्योग मन्त्रालयमा ।
अहिले मन्त्रालय मातहतका दर्जनौ निकाय रिक्त छ र यी रिक्त स्थानमा भर्ती प्रक्रिया चल्दै छ । मन्त्रालय मातहतको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को कार्यकारी निर्देशक,ईन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक,नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीको महाप्रवन्धक, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओ, उदयपुर सिमेन्ट उद्योग कम्पनी लिमिटेडको महाप्रवन्धकका लगायतका पदहरु रिक्त छन् ।
यी निकायमा भर्ती चल्नु अगावै विगतमा गन्हाएकाहरुलाई नियुक्ती दिनेगरी ऐन नियम नै संशोधन भइसकेको छ ।
दुई महिना अघि नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजानिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयसम्बन्धी निर्देशिका ०७७ संशोधन भइसकेको छ । हालै संशोधन गरिएको निर्देशिकामा उद्योग मन्त्रालयमातहतका सार्वजनिक निकायहरुको पदाधिकारी अर्थात कार्यकारी प्रमुखको योग्यता घटाएर स्नातक बनाइएको छ भने कार्यअनुभव पनि दुई बर्ष घटाएर ५ बर्षमा झारिएको छ । यस अघि यो पदमा नियुक्ती खानका लागि कम्तिमा स्नातकोत्तर उत्र्तीण हुनुपर्ने र अनुभव ७ वर्षेको अनुभव व्यवस्था बनाइएको छ । हालै संशोधन भएको निर्देशिकामा निर्देशिकाको दफा ३ को उपदफा (२) को खण्ड (क) मा रहेको कम्तिमा स्नातकोत्तर भन्ने व्यहोराको सट्टा कम्तिमा स्नातक वा सो सरह भन्ने व्यहोरा बनाइएको छ । यस्तै,निर्देशिकाको दफा ३ को उपदफा २ को खण्ड (ग) मा रहेको कम्तिमा ७ वर्ष भन्ने व्यहोराको सट्टा कम्तिमा ५ वर्षमा झारिएको छ ।
मन्त्री लेखराज भट्टलाई प्रभावमा पारी विशेष आर्थिक क्षेत्र(सेज)को कार्यकारी निर्देशकमा पुनः चण्डिका प्रसाद भट्ट दाह्रोर्याउने खेल चल्दैछ । मन्त्रालयले सेजमा नियुक्तिका लागि गत १७ भदौंमा चण्डीका प्रसाद भट्ट, दोस्रोमा योगेन्द्र गौचन र तेस्रो नम्बरमा रघुराज काफ्लेको नाम पठाएको छ । महेश बस्नेत उद्योगमन्त्री हुँदा सेजमा चार बर्षे कार्यकालका लागि नियुक्ति पाएका उनी कुनै काम नगरी ४ बर्ष व्यतित मात्र गरेनन् उनै भट्टकै कारण सेज कोमामा पुगेको उद्योग मन्त्रालयका एक अधिकारी सुनाउँछन् । भट्ट कांग्रेस पृष्टभूमिका व्यक्ति हुन् । उनी यस अघि इञ्जिनियरहरुको निर्वाचनमा कांग्रेसी कोटाबाट उठेर शर्मानक पराजय बोहेरको पात्र हुन् । उद्योग मन्त्रालयका एक उपसचिवले गुनासो पोख्दै भने, सरकारका पछिल्ला नियुक्तिहरु हेर्दा केपी ओली सरकारबाट यो भन्दा ठूलो अपेक्षा नै के राख्न सकिन्छ र ?