यस्तै रबैयाले रसुवामा कांग्रेसका अस्तित्व नै मेटिएला कि भन्ने डर छ

 
रसुवाको राजनीतिमा परिचित नाम हो प्रभात लामा । अहिले बाग्मती प्रदशेको प्रदेशसभा सदस्य रहेका लामा भुँइबाट उठेका पात्र हुन् ।
संघर्षको भट्टीमा खारिएर,मेहनतको आरनमा अर्चापिएर प्रभात बनेका हुन् उनी । यो चार दशकको उमेरमा अत्यासलाग्दो विगत पार गरेका छन् उनले । उच्च शिक्षा अध्ययनका लागि राजधानी भित्रदा कुनै दिन जीवन धान्नकै राजधानीका होटलहरुमा भाडा माझ्ने काम गरेका ती कहालिलाग्दा आफ्ना इतिहास बिर्सन सक्दैनन् उनी । अहिले बाग्मती प्रदेशका संसदमा सबैभन्दा बढी सुनिने आवाज हो प्रभातको । उनी संसदका हरेक एजेण्डा र इस्युहरुमा सुक्ष्मरुपमा अध्ययन,विचार विश्लेषण गरी खरो तर्क पेश गर्दछन् । र सत्ताधारी प्रदेशका मन्त्री र सांसदहरुले आफ्नो जिल्लामा पैसाको खोलो बगाएको तर रसुवालाई उपेक्षा गरेको बिषयमा पनि दोहोलो काड्छन् । अहिले रसुवा कांग्रेसको राजनीतिमा किचलो देखिएको छ । पैसावाल ठेकेदार हाबी हुँदा रसुवाको राजनीति बिटुलिएको उनको निष्कर्ष छ । रसुवा कांग्रेसमा देखिएको कचलो, यस्को कारण के हो ? यही बिषयबस्तुमा केन्द्रीत रहि हाम्रा संवाददाता महेश्वर गजुरेलले केही सबाल गरेका छन् ।

प्रभात लामा
प्रदेश सांसद,बाग्मती प्रदेश

० तपाईले आफ्नो जीवन र जवानी नै कांग्रेसमा अर्पण गर्नुभयो । त्यही पार्टीमा लागेर कपाल फुलाउनु भयो । कांग्रेस पार्टीमा किन र कसरी आवद्ध हुनुभयो । थोरै पृष्टभूमि बताइदिनुहोस न
स्कूले जीवनमा पढाईमा अब्बल थिए । सदैव प्रथम हुन्थें । रहर थियो धेरै अध्ययन गर्ने तर अगाडि पर्खाल बनेर उभियो आर्थिक अभाव ।
मनमा सानैदेखि एउटा दृढ संकल्पथ्यो, आफू स्थापित हुन्छु र घर परिवार,समाज र देशका लागि योगदान दिन्छु ।
०४८ सालदेखि ६४ सालसम्मका निर्वाचनमा नेपाली कांग्रेसलाई हर तबरले पार्टीलाई सहयोग गरें । बिस्तारै राजनीतिको नशा लाग्यो । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिँए । मेरो पिता पुर्खा नै कांग्रेस भएका कारण कांग्रेसप्रति झुकाव थियो । विशेष गरी मलाई कांग्रेस पार्टीमा लाग्न प्रेरणा दिने व्यक्ति चाहिँ नेपाली कांग्रेसका पूर्व पार्टी सभापति लामा कार्पु दाई हुनुहुन्छ ।
० तपाईले नेतृत्व लिँदाको रसुवा कांग्रेस र आजको रसुवा कांग्रेसको अवस्था कस्तो छ ?
कांग्रेस पार्टी ००७ सालमा स्थापना भएको । त्यस यता अहिलेसम्म हेर्ने हा भने आर्दश, सिद्धान्त र विचार एउटै छ । तर, नेतृत्व गर्ने शैली फरक फरक । यही कारणले पनि आज देशभरका कांग्रेसी,कांग्रेसप्रति आस्थावानहरुकै एउटै आवजा उठ्न थालेको छ कांग्रेस पार्टी परिवर्तन हुनुपर्छ । सिद्धान्त परिवर्तन हुनुपर्दछ भनिएको होइन् । नेता र कार्यकर्ता,तिनको जीवनशैली,कार्यपद्धति परिवर्तन हुनुपर्यो भनिएको छ । हामी संसार बदल्ने र देश बदल्ने कुरा चाहिँ ठूल्ठूला स्वरमा गर्दछौं त। आफू बदलिने कुरा चाहिँ गर्दाैनौं अर्थात अरु बदलिऊन आफू चाहिँ बदलिन नपरे हुन्थ्यो भन्छौं । यो प्रकारले कहाँ रुपान्तरण हुन्छ र ?
हिजो विपी कोइरालाले चलाएको कांग्रेस देखि आज देउवाले चलाएको काग्रेस पार्टी त एउटै हो । विपीको सिद्धान्त आज पनि उत्तिकै समय सान्र्दभिक छ तर त्यो सिद्धान्त अनुसार हामी चल्न सकिरहेका छैनौं । यो रसुवा जिल्लाको मात्र समस्या होइन्,सिंगो देशमै कांग्रेसको स्थिती उस्तै छ ।


० पछिल्लो समय रसुवा कांग्रेस आफ्नै आन्तरिक झगडामा रुमलिएको छ । यो तपाईहरुबीचको लफडाको जड (कारण) के हो ?
यस्ता लफडा हरेक पार्टीमा हुन्छ र छ । विशेष गरी कांग्रेसमा देशैभरी यो प्रकारको लफडा छ । रसुवामा विचार,सिद्धान्त र आर्दशले भन्दा पैसा हुनेले मात्र राजनीति गर्ने जिल्ला भयो । पैसाकै आडमा चुनाव लड्न टिकट पाउने,पैसाकै बलमा चुनाव जित्ने थलो बन्यो रसुवा । यो रसुवावासीकै लागि दूर्भाग्य हो । आर्दशका राजनीति गर्ने व्यक्तिहरु जो राजनीतिमै लागेर कपाल फुलाए,जीवन जवानी पार्टी र संगठन निर्माणमा लागे उनीहरु सदैव ओझेलमा पर्ने भए । अनि अकुत आर्जन गरेकाहरु पार्टीमा प्रवेश गरेको महिना दिन नबित्दै टिकट पाउने,उनैले चुनाव जित्ने स्थिती आयो । यस्ले गर्दा इमान्दारीको राजनीति गरिरहेकाहरु प्रष्टेड हुनुपर्ने स्थिती आयो ।
० पैसा भएका ठेकेदारहरु पार्टीमा भित्रिएपछि पूराना कांग्रेसहरुलाई बाइपास गरिँदैछ । हिजो भर्खरै पार्टी प्रवेश गरेका,पार्टीको साधरण सदस्यता नै नलिएकाहरुले अवसर पाउँदैछन् । अब तपाईहरुजस्ता पूराना कांग्रेस यो ज्यादतीका विरुद्ध कसरी लड्नुहुन्छ ?
रसुवाको राजनीतिक इतिहास पल्टाउने हो भने यो विकृतीले डेरा जमाएको छ । रसुवाबाट पहिलो राज्यमन्त्री बन्ने व्यक्ति रामकृष्ण आचार्य । उहाँ ठेकेदार । पैसाकै बलमा चुनाव जित्नु भयो । त्यपछि नुवाकोटबाट डिबी लामाले टिकट लगे । चुनाव जिते पनि । तर ए कपटक रसुवा फर्किएनन् । त्यो समयमा पनि शक्तिका आडमा पूराना कांग्रेसहरुलाई वाइपास गरियो ।
०६४ सालमा माओवादीको त्रास र द्धन्द थियो । जनता शान्ति चाहन्थें त्यही कारण सो समयमा माओवादी उम्मेद्धारले चुनाव जिते । यो । ०७० सालको चुनब जर्नादन ढकालले जित्नु भयो । उहाँको पृष्टभूमि ठेकेदार नै हो । ०७४ सालमा मोहन आचार्यले टिकट पाउनु भयो र चुनाब जित्नु भयो । उहाँ पनि ठेकेदार पृष्ठभूमिकै । रसुवाको राजनीतिमा राजनीतिज्ञहरु आउनै सकेनन् । यही कारण हो समस्या जन्मिएको ।
अहिले त झनै किचलो जन्मिएको छ आर्थिक प्रलोभन र पहुँचको आधारमा जिल्लाका पूराना नेताहरुलाई बाइपास गर्दै विधि विद्यानलाई कुल्चदै एकलौटी निर्णय हुन थाल्यो । पूराना कांग्रेसमै लागेर कपाल सेताम्ये बनाएकाहरुलाई बाइपास गरी नवप्रवेशी र कांग्रेसका सदस्यता नलिएकाहरुलाई नसुहाउँदो अवसरको भारी बोकाइयो ।
हाम्रो एउटै आवाज छ पार्टी विधि विधान अनुरुप चल्नुपर्दछ । विधानमै उल्लेख नभएको व्यवस्था अनुसार पार्टी चलाउन खोजेपछि,भएका नीति नियम र विधानहरुलाई कुल्चन खोजेपछि विवाद निस्किएको हो । विद्यानले प्रमुख पदबाहेकका पदहरुमा समायोजन गर्नुपर्ने नीति अख्तियार गरेको छ । जस्तो विजय गच्छदारहरु कांग्रेसमा मिसिन आउनुभयो । उहाँलाई कुनै पनि मुख्य पद दिइएन् । तर रसुवामा नीति विपरित पार्टीमा योगदान नभएका र नामै नसुनिएकाकालाई नसुहाउँदो पदको भारी बोकाइएको छ । हामीलाई डर छ यस्तै गतिविधि जारी रहे कतै रसुवामा कांग्रेस पार्टी नै सिद्धने ? यो विषयमा केन्द्रमा पनि बहस भइरहेको छ । शीर्षस्थ नेताहरु रामचन्द्र पौडेलदेखि शेखर कोइरालाहरुले यो विकृतीको विरुद्ध आवाज बुलन्द पारिरहनुभएको छ ।
० तपाई प्रदेशबाट ६ हजार ९७५ मत ल्याएर निर्वाचित हुनुभयो । यो साढेँ दुई वर्ष कसरी व्यतित भयो ?

रसुवा राजधानीसँगै जोडिएको जिल्ला तर बत्तीमुनिको अध्यारोको नियति भोगेर बाचिँरहेको छ बाग्मती प्रदेशभित्रको कर्णालीको रुपमा । वा ७८ औं जिल्लाको नियती भोगिरहेको छ । देशकै तेश्रो पर्यटकीय गन्तव्य । उत्तरी सीमा चीनसँग जोडिएको जिल्ला । पर्यटन,जलविद्युत,कृषिको प्रवल सम्भवना छ । यी चिजकै विकास गरेर रसुवाली जनतालाई सम्बृद्ध रसुवा बनाउन सकिन्छ । यद्यपि हामी बाग्मती प्रदेशमा अल्पमतमा छौं । त्यहाँ बहुसंख्यक नेकपाका माननीयहरु हुनुहुन्छ । आफूले प्रस्ताव गरेका योजनाहरु सुनिँदैन् । यद्यपि पहल जारी छ ।
तारान्तार संसद,मन्त्रालय,मन्त्रिपरिषद्सम्म आफ्ना आवाजहरु पुराइरहेको छु । दबाब दिइरहेको छु । व्यवस्थापिकामा संसदमा विद्येयक,कानुन निर्माणका सबालमा सिरियस छु । अहिले बाग्मती प्रदेशमा पहिलो पटक प्रदेश सभा गठन भएको छ । संविधानले दिएको हक र अधिकारलाई प्रत्याभुत गराउनका लागि प्रदेश सरकार र सांसदहरुले धेरैभन्दा धेरै विद्येयक, कानुन,ऐन, नियम, उपनियम बनाउनु पर्ने छ । हामीले निर्माण गरेका ऐन, कानुनले जनताले सुख पाउन भन्ने हो । तसर्थ म ती काममा सिरियस छु ।
० बाग्मती प्रदेशबाट हालसम्म कति बिद्येयक पारित भए ? अझैं कित विद्येयक पारित हुन बाँकी छन् ?
हालसम्म ५३ वटा विद्येयक पारित गरिसकेका छौं । अझैं धेरै विद्येयकहरु बनाउन बाँकी छ । कति संख्यामा विद्येयक बनाउने भन्ने नहुने रहेछ विषयगतसँग सम्बन्धित भए पछि विद्येयक निर्माण हुने हो ।
० रसुवा जिल्लामा के कस्ता योजना परेका छन् ?
विकासलाई जनताको भोटसँग विनियोजन गर्यौं भने त्यो गलत हुन्छ । भोटको राजनीति अहिले देखिएको विकृती हो । सांसदमा तारान्तार दीर्घकालिन विकाश र प्रतिफल मुलक विकास विनियोजन गर्नु पर्छ भन्ने आवाज उठाइरहेको छु ।
पर्यटन,कृषि यी रसुवाको प्रचुर सम्भवनाका क्षेत्र हो । मैले रसुवाको मात्र होइन् सिंगो प्रदेशकै जीवनस्तर कसरी माथि उठाउन सकिन्छ भन्ने बिषय उठान गरिरहेको छु । नेपालमानै पहिलोपटक खेती भएको फुजी स्याउ जो किलोको ४०० रुपौयामा बिक्छ । यो स्याउ धादिङ रसुवा, रामेछापको माथिल्लो क्षेत्रमा लगाउने हो भने किसानको जीवनस्तर फेरिन सक्छ । अहिले कोरोना कहरमा धेरै रोजगारीको अवसर पनि सृजना हुन्छ । गतबर्ष संसदमा यो बिषय उठान गरेसँगै अहिले रसुवाको ब्राबलमा १२ हजार बोट उपलव्ध एको छ । यद्यपि मैले २५ हजार बोट मगाएको थिए । यस्तै गोसाइकुण्डको शिवालयलाई प्रमोट गर्ने काम भयो । जिल्लाको नौकुण्ड र पार्वती कुण्ड हरेक दृष्टिकोणबाट पिछडिएको क्षेत्र हो । ती स्थानको दीर्घकालिन विकासको लागि जीरो किमिदेखी र्पाच्याङसम्म पिच सडकको लागि ५० करोड विनियोजन भएको छ । विश्वाश छ यो मेरो कार्यकालभित्रैमा पूरा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here