यातायात क्षेत्रलाई राहत पुग्ने गरी नेपाल राष्ट्र बैंकले यातायात व्यवसायीहरुलाई पुनर्कर्जा

लकडाउन र निषेधाज्ञाले पिल्सिएको यातायात क्षेत्रलाई राहत पुग्ने गरी नेपाल राष्ट्र बैंकले यातायात व्यवसायीहरुलाई पुनर्कर्जा दिन निर्देशन जारी गरेको छ ।

यस्तै बैंकको किस्ता तिर्ने म्यादको पुनर्तालिकीकरण पनि हुने भएपछि यातायात व्यवसायीहरू थप उत्साहित बनेका छन् । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा बित्तिय संस्थाहरूलाई यातायात व्यवसायमा राहत पुग्ने गरी पुनर्कर्जा पुनर्तालिकीकरणको व्यवस्था गर्न निर्देशन दिएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण यातायात क्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थामा राष्ट्र बैंकले बैंक तथा बित्तिय संघसंस्थाहरूलाई १० देखि २० प्रतिशतसम्म पुनर्कर्जाको व्यवस्था गर्न निर्देशन जारी गरेको हो ।

यातायात क्षेत्रसंग सम्बद्ध विभिन्न संघसंस्थाहरूसंगको छलफल पछि राष्ट्र बैंकले अन्ततः व्यवसायीको हितमा निर्णय गरेपछि यातायात व्यवसायीहरू हर्षित बनेका छन् । यातायात व्यवसायीहरूले लकडाउन र निषेधाज्ञा अवधिको किस्ताको ब्याजदर मिनाहा गर्नुपर्ने माग गर्दै आएका छन् । यस अवधिलाई शुन्य समय मानेर ब्याज मिनाहा गर्नुपर्ने व्यवसायीको माग छ ।

राष्ट्र बैंकको यो निर्णयले यातायात व्यवसायीहरूलाई केही राहत मिलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल गणतान्त्रिक यातायात व्यवसायिक मञ्चका केन्द्रिय अध्यक्ष डोलनाथ खनालले बताए । उनले भने “ यातायात क्षेत्र तहसनहस बनेको अवस्थामा थोरै भए पनि राहत मिलेको छ ।

उपत्यकामा १० देखि १६ सिट सम्मका टेम्पु र माईक्रो बस सञ्चालनको नीतिमा नपर्दा ती ब्यवसायी मजदुर लाई समस्या बन्यो, लामो दुरिका सवारी साधन सञ्चालन गर्नी नीति ल्याउन जरूरी र निजि सवारी साधन सँग लिने ब्याजदर सरह सार्वजनिक सवारी साधनको पनि ब्याजदर एकै हुनु पर्ने अध्यक्ष खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here