कोरोनाको “हाउगुजी” देखाएर कस्लाई पोस्दैछ,सरकार ?

अहिले एलोपेथिक स्वास्थ माफियाहरुको इसारामा विश्व हल्लिएको छ। कोरोना कहर यता नेपालमा चैत्र ११ देखि लकडाउन गरियो । प्रहरी केन्द्रीय कार्यालयको तथ्यांक अनुसार सरकारले लकडाउन र निषेधाज्ञा जारी गरे यतामात्र  साउनसम्ममा मात्र २१ सय व्यक्तिले आत्महत्याको बाटो रोजेका छन् । नेपालमा मात्र होइन विश्वभर अहिले मनोरोगी र आत्माहत्याजस्ता भयावह घटना बढ्दो छ । विश्व यही दलदलमा फसेका छन् । कोरोना भाइरसका विरामीका कारण इमर्जेन्सी बिरामी अस्पताल जादा वेड नपाउने मात्र होइन उपचार नपाउने अबस्था छ । त्यही कारण अकालमा ज्यान गुमाउँदै छन् ।
संसारलाइ त्रसित बनाइरहेको बेलामा नेपालमा पनि कोरोना भाइरसको हाउगुजीले बिगत ६ महिनादेखि जनतालाइ घरभित्र कैद बनाइएको अबस्था छ । बैंकमा व्यालेन्स प्रशस्त भएका,सुती सुती घरमै बसेर पनि तलब पाक्ने मन्त्री,जनप्रतिनिधि,सरकारी कर्मचारीहरुलाई केही समस्या भएन् तर श्रमजीवी बर्ग मजदुर निम्म आयस्रोत भएकाहरुले खान नपाएर छटपटिमा छन् । घर गाडी विभिन्न व्यावसाय गर्नको लागि बैंक र विभिन्न बित्तीय सस्थाबाट झिकेका ऋण तिर्न नसकेर व्यावसायीहरु छट्पटीमा परेका छन्। यही समयमा यिनै साना व्यवसायीहरुलाई कर तिर्न सरकारी निकाय दागा धरेको धर्यै छ ।
राज्यको ढुकुटी बाट १५ अर्ब भन्दा बढि रकम कोरोनाकै बाहनामा खर्चिएको छ तर जनताले प्रत्यक्ष राहत पाएको अनुभुती गर्न पाएका छैनन् । विभिन्न शहरमा अध्ययन गर्न बसेका विद्यार्थी र मजदुरहरुले आफूबसेको डेराको भाडा तिर्न नसकेको घर धनीको तिखो र तितो वचन र विभिन्न दुख कस्ट झेल्नु परेको अवस्था छ। कोठाबाट बाहिर निस्कियो प्रशासनले कारबाहीको डण्डा बर्साउछ । त्यही त्रास र डर छ भित्र बसौ भोकमरीले मर्ला भन्ने डर छ । आखिर यसको हिसाबकिताब कस्ले गर्ने ?के सरकारको काम कोरोना संक्रमित र मृत्यु भएकाहरुको हिसाब किताब मात्र राखेर जनतलाई भयभित पार्ने मात्र हो ? पिसिआर चेक प्रभावकारी ढंगबाट गर्नेतर्फ सोच्नुपर्ने कि नपर्ने ? दुई तिहाई बहुमत प्राप्त सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने कि नपर्ने ?
बुझ्न सकिएन यहाँ ठूलाबडा हुने खानेका लागि न लकडाउनको प्रभाव परेको छ न त कोरोनाको । आखिर देखिदै छ सरकार र प्रतीपक्ष दलका जनपक्षीय भुमिका ।
वैदेशिक रोजगारमा गएका विभिन्न मजदुर विदेशमै अलपत्र परिरहेका छन् । स्वदेश फर्कन् चाहनेहरुका लागि समेत तिनका घरमा परिवारले गुन्द्रुक ढिडो खान नपाएको अवस्थामा महँगो हवाई टिकट अनि महँगो होटलमा आफ्ना कमाएका सबै रकम बुझाउनुपर्ने तगारो अघि उभ्याइएको छ । अनेक बहानामा रित्तै हात घर फर्किनु परेको छ ।
विश्व स्वास्थ्य सङ्गठन अर्थात डब्लुएचओ जे जस्तो उर्दी जारी गर्यो उस्तै हाउभाउ गरेर सरकारले जनतालाइ त्रसित पारिरहेको मात्र छैन् । रोगबाट बचाउनेभन्दा भोकमरीबाट मार्न खोजिरहेको छ । अब त अति भयो कि उचित राहत दिनुपर्यो । बैंक तथा बित्तिय सस्थाको ब्याजको छुट गर्नतर्फ लाग्नुपर्यो । जनसमस्याको समाधान तिर लाग्नु पर्यो। होइन भने जनता अब पेटमा पोड्का कसेर सडकमा आउन विवश हुनेछन् र त्यसमा ठूलो मानवीय क्षती नहोला भन्न सकिन्न । कमसेकम नेकपाको सरकारले आफ्नो धरातल नबिर्सिए हुने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here