अनि कसरी दिँऊ निजामती सेवा दिवसको शुभकामना !

मुलुक संघीयतामा गएको तीन बर्ष व्यतित भइसक्यो । यो बीचमा संघीय निजामती सेवा ऐन अन्योलमा छ । ससंदको राज्यव्यवस्था समितिबाट पारित भएको ऐनमा निमुखा कर्मचारीहरुको घाँटी थिच्न खोजिएको छ । संघकै ऐन अन्योलग्रस्त रहँदा प्रदेश र स्थानीय तहको ऐन आउन सकेको छैन् । त्यही कारण कर्मचारीको वृत्ति विकासको बाटो पूर्णत बन्द छ । यस्तो अवस्थामा हामी १७ औं निजामती दिवस मनाइरहेका छौं । सोही निजामती दिवस मनाइरहँदा नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरेले व्यग्य मिश्रित शुभकामना दिएका छन्,सामाजिक सञ्जालबाट :-
स्वच्छ र सक्षम प्रशासन , समृद्धी र शुसासन निजामती सेवा दिवस २०७७ को सन्दर्भमा सबै राष्ट्रसेवकमित्रहरू मा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

* सस्थागत सुशासन र गुनासो सम्बोधनको सूचकांक कमजोर ठानिएको बर्ष !
* ट्रेड युनियन ब्याबस्थापनका हिसाबले श्री ज्ञानेन्द्र -लोकमानको शासनकाल स्मरण गराउने बर्ष !
* एकीकृत निजामती सेवा खण्डित गर्न खोजियको बर्ष !
* मुल कानुन (निजामती सेवा ऐन) हराएको बर्ष १
* प्रदेश र स्थानीय कानुन बिहिन भएर आदेश र तोकमा चलाउनु परेको बर्ष !
* ट्रेड युनियन गतिविधि २०४७-०४८ को कर्मचारी आन्दोलनपछि झै आतंकित र सत्तागानमा हराएको बर्ष !
* बाकी रहेको वृत्तिबिकासको अलिकति भरोसामाथी चाटुकारहरु झम्टीएको बर्ष !
* कोरोनाको आतंकका बीचमा असुरक्षित रहदा रहदै समेत जिवनकोप्रबाह नगरी नागरिकका अत्यावश्यक सेवा प्रवाह सम्पन्न गरेको बर्ष !
यो दिवस मनाउदा सबै बिषमताहरु को अन्त्यको कामना गरौं ! कामना गर्दै गर्दा (पद्धति निर्माण गर्न, आमसहमतीमा निर्माण गरिएको पद्धति ठुला र साना सबैले परिपालना गर्न आ आफ्नो क्षेत्रमा खवरदारी गरौ ! निजामती सेवा दिवसको हार्दिक शुभकामना )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here