संक्रमणबाट कर्मचारीको मृत्यु, नेपालगञ्ज उपमहानगरपालिका पुनः सिल

जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि सिल गरेको थियो । फेरी, नेपालगञ्ज उपमहानगरपालिका जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले गहिरो दुःख ब्यक्त गर्दै तीन दिनसम्म कार्यलय सिल गर्ने निर्णय भएको छ ।

उपप्रमुख उमा थापा मगरका अनुसार घलेको निधन भएपछि सोमबार एक दिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । उपमहानगरपालिका कार्यालय आइतबारदेखि सुचारु हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा। धवलशम्शेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउँदै शोक सन्तप्त परिवारमा सहानुभुति प्रकट गर्नुभएको छ ।घलेको आइतबार राती साढेँ आठ बजे निधन भएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here