कोरोना देखाएर हिन्दु संस्कारमाथि भएको प्रहार कहिलेसम्म सहने ?

चीनको बुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व यतिबेला आतंकित छ। तर, यथार्थमा भन्नुपर्दा कोरोना आफैंमा त्यस्तो शक्तिशाली रोग होइन। कोरोनाले अन्य रोग लागेका ब्यक्तिलाई छिट्टै असर गरेर ज्यान लिने मात्रै हो। नेपालकै तथ्याङ्क हेर्ने हो भने कोरोना संक्रमणबाट मृत्यु हुनेमा निमोनिया, दम, मुटु रोग र क्षयरोग जस्तो गम्भीर प्रकृतिका रोग थिए।

कोरोना संक्रमणबाट पहिलोपटक ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसे ९ की महिलाकै पुरानै केश हेर्ने हो भने पनि उनको मृत्यु कोरोनाबाट नभएको देखाउँछ। उनी सुत्केरी र निमोनियाबाट ग्रसित भएको हुँदा उनको मृत्यु भएको हो। यस्तै हालसम्म मर्ने प्राय संक्रमितमा दिर्घ रोग नै बढी देखिएको छ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीकै भनाइलाई केही सापटी लिनै नै हो भने अहिलेसम्म मृत्यु भएका कोरोना संक्रमितलाई भाइरसले केही असर गरेको देखिँदैन। उनले नै भनेका थिए विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले सबै मृत्यु हुनेलाई कोरोना संक्रमित घोषित गरिएको हो। उनले अहिले पनि यही दोहोर्‍याइरहेका छन्, ‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ, बाँकी अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो।’ त्यसैले निरोगी मान्छे र आफूलाई सधै स्वस्थ र तन्दुरूस्त राख्न एक्सर्साइज गरिरहेका मान्छेले यो कोरोनाको आतंकबाट डराई हाल्नुपर्ने देखिँदैन।

अब नेपालको सन्दर्भमा कोरोनाको कुरा गरौं, कोरोनाले नेपालमा केही रूपमा असर गरेको यथार्थलाई हामीले नकार्न सकिदैन। तर, पछिल्लोपटक अन्य रोग लागेर थिलथिलो भएका ब्यक्तिको मृत्युमा कोरोना संक्रमण पुष्टि गर्ने र उक्त कोरोना पुष्टि भएको मृत शवलाई आफन्त र परिवारलाई हेर्न पनि नदिने नियम बनाएको छ। कुनै कर्म काण्ड गर्न नदिइ नेपाल सरकारले गर्ने अन्त्येष्टिले नेपालमा रहेका करोडौं हिन्दु आस्थामाथि प्रहार भइरहेको प्रष्ट देखिन्छ। र, जसले गर्दा अस्पतालमा कोरोना संक्रमणसँग लडिरहेका संक्रमितले आफ्नो आफन्तको कर्मकाण्ड गर्न नपाएको पछुतो बाँचुन्जेलसम्म रहने देखिएको छ।

यदि प्रधानमन्त्री ओलीले भनेजस्तै कोरोना संक्रमणको कारण कुनै व्यक्तिको मृत्यु नै नभएको हो भने किन परिवारलाई अन्तिम संस्कारमा संलग्न हुन दिएन भन्ने प्रश्न खडा हुन्छ। त्यहीँ पनि स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका शवबाट भाइरस फैलिन सक्ने कुनै आधार नै हुँदैन र अहिलेसम्म यस्तो भएको पनि छैन्। मन्त्रालयले नै कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा र्‍यालबाट संकम्रणको खतरा हुने भए पनि अन्य माध्यमबाट केही खतरा हुँदैन। नत मृत शरीरले सास फेर्न सक्छ, नत हाछ्यूँ गर्दा नै।

यति प्रष्ट हुँदाहुँदै पनि सरकारले मरिसकेको शरीरलाई किन छिछि र दुरदुर गर्छरु के यो हाम्रौ नैतिकता होरु बेलायति कानूनविद् जेन अस्टिनको कुरालाई मान्ने हो भने ज्यूँदो र मृत शरीरलाई भेदभाव गर्नु हुँदैन। कारण हो मानिस ईश्वरप्रति कर्तव्यनिष्ठ भइरहन्छन्। उनी भन्छन्,‘ईश्वरलाई मानिस पूजा गर्छन् आदर गर्छन्। यो हाम्रो कर्तव्य हो।’ हो उनको भनाइ हाम्रो हिन्दु परम्परामा पनि लागू हुन्छ। तर, किन हामी यो नियम पालना गर्दैनौं ? मृत शरीर सम्मानपूर्वक अन्तेष्टी गर्न दिनु हाम्रो कर्तव्य हो। हाम्रो धर्मले पनि यहीँ सिकाउँछ। तर, अहिलेको सरकार कहाँ गइरहेको छरु मरिसकेको लाशलाई एकपटक हेर्न समेत नदिने सरकारले नागरिकप्रति कस्तो कर्तव्य निर्वाह गरिरहेको छ ? यो बुझ्न गाह्रो नै छ।

अर्को आधारबाट हेर्ने हो भने संक्रमितको शव किन सेनालाई नै जिम्मा दिनुपर्‍यो ? सेनाबाहेक अरु सुरक्षा निकाय सबल छैनन ररु कहीँ हतार हतारमा शव व्यवस्थापना गर्दिने र कहीँ हप्ता दिनसम्म पनि शव नउठाउने यो कस्तो ठेक्का हो ? ल यो कुरा त छाडौं। अब कुरा गरौं अस्पतालको लापरवाहीको। कोरोना संक्रमितको उपचारमा अस्पतालले लापरवाही नगरेको समाचारसमेत नआएका होइनन्। बेलेमै उपचार नगरिदिँदा कोरोना संक्रमितको मृत्यु भएको र सामान्य बिरामीको भर्नासमेत नगर्ने प्रवित्ति देखा पर्दै गइरहेको छ। यस्तो महामारीको बेलामा यसरी मानव समाजलाई गिज्याउने अस्पतालले के साँच्चै मृत शरीरलाई राम्रो व्यवहार गरेको होला ? प्रश्न यहाँ पनि उठाउने ठाउँ छ।

यता अर्को कुरा गर्ने हो भने ज्यूँदो मानवको मिर्गौला झिक्ने अस्पतालले कोरोना संक्रमितलाई छाडेका होलान त ? यहीँ प्रश्न खोज्दा सामाजिक सञ्जालमा एक स्टाट्स भेटेको थिएँ ‘कोरोना संक्रमणबाट मृत्यु भएकाको इन्जिन, ब्याकलाइट, साइडलाइट, हेडलाइटलगायत महत्त्वपूर्ण सबै पार्टपूर्जा झिक्छन् होला हैन ? नत्र आफन्तलाई हेर्न दिए सिधै कोरोनाले मोतियाबिन्दु नै लगाउने त थिएन होला नि ?’ बास्तवमा यो प्रश्न सहित छ। किन भन्नुहुन्छ भने निश्चित दूरीमा राखेर आफन्तको अन्तिम संस्कारमा सहभागी हुन चाहीँ किन दिइदैन ? सरकारकै आदेश मान्ने हो भने मुखमा माक्स लगाएर ३ मिटर सामाजिक दूरी कायम गर्ने हो भने कोरोना सर्दैन रे। अब २० मिटर टाढाबाट मृत व्यक्तिको शव हेर्दा चाहीँ के कोरोना सरेको प्रमाण छ र ? यदि छ भने खै त देखाएको ?

यता ज्यूँदो हुँदा अस्पतालमा चिकित्सलले सावधानीकन साथ कोरोना संक्रमितको उपचार गर्न हुने, छुन हुने उस्तै परे दिशा र पिसावसमेत स्याहार्न हुने तर किन मरिसकेको लाश हेर्न नपाइने ? कोरोना संक्रमणबाट मरेको आफन्तका परिवारले मलाई चित्तामै झुन्डिन देउ त भनेका छैन नि। आखिर किन यसरी मानिसको भावना र संस्कृतिमाथि बारम्बार खेल्ने गरिन्छ ? के मरेपछि उनीहरूलाई सम्मानपूर्वक विदाइ गर्न नदिनु असल राजनीतिको परिचय हो र ?

अब कुरा फेरौं,

अर्को तिर नेपालमा अब हिन्दु धर्मावलम्बीको चाड क्रमशस् आउँदैछन्। यस्तो अवस्थामा सरकारले चाडपर्व तथा जात्रा मनाउन समन्वय गर्नुको साटो उल्टो कर्फ्यू लगाउने, निषेधाज्ञा लगाउने जस्तो निर्मम तरिकाले प्रस्तुत भैरहेको छ। त्यसैको परिणामा हो ललितपुरको पुल्चोकमा भएको प्रहरी र स्थानीय बिचको झडप। ललितपुरको पुल्चोकबाट रातो मछिन्द्रनाथको रथ तानेर बुङ्मतीमा पुर्‍याउने युगौंदेखिको परम्परालाई निरन्तरता दिन ललितपुर, भक्तपुर तथा काठमाडौंका बासिन्दाहरु निषेधाज्ञाको कुनै प्रवाह नगरी पुल्चोकमा जम्मा भएका थिए। त्यो रथ यात्रा सुरु हुने सुइँको पाएर सरकारले उक्त यात्रालाई रोक्न प्रहरीलाई निर्देशन दिएको थियो। उक्त निर्देशनको पालना गर्न पनि प्रहरी पुल्चोक पुग्यो। तर, त्यसको प्रवाह नगरि सयौं सर्वसाधारणको भीडले रथयात्रा सुरु गर्‍यो। रथयात्रा सुरू हुनासाथ अश्रुग्यास, पानीको फोहोरा प्रहरीले सर्वसाधारणमाथि प्रहार गर्‍यो। रथ तानिरहेका सर्वसाधारणले उक्त अश्रुग्यास र पानीको फोहोरा आफूमाथि प्रहार नभई आफ्नो धर्म संस्कृति र वर्षौ अघिको परम्परामाथि प्रहार भएको ठहर गरे। जवाफमा लाठी ढुङ्गा जे पाउँछ त्यसैले प्रतिकार गरे।

यदि सरकारले विवेकपूर्ण हिसाबले सोचेर उक्त रथयात्रालाई जोखिममुक्त हिसाबले सञ्चालन गर्न दिएको भए त्यहाँ झडप र भिडन्तको अवस्था आउने थिएन।सरकारसँग बिकल्प पनि नभएको होइन। सरकारले स्थानीय प्रशासनसँग मिलेर क्रेनको सहयताले पनि उक्त रथ तान्दिन सक्थ्यो। यता निश्चित व्यक्तिलाई समावेश गरेर पनि रथलाई गन्तव्यतिर लैजान सक्थो, तर त्यो भएन। सरकार मुडभेडको स्थितिमा सिधै ओर्लियो। बालुवाटारमा दिनहुँ ५०–६० जान ओहरदोहर गराउने प्रधानमन्त्रीले गृहमन्त्रीलाई जात्रा सकाउने वातावरण बनाइदिन आग्रह समेत गर्न सकेनन्। सरकारले यसरी बारम्बार हाम्रो परम्परामाथि प्रहार गरिरहने र जनताले त्यो प्रहारलाई स्वीकार गरेर चुपचाप बसिदिनु पर्ने सोचले अहिलेका शासक अगाडि बढे दशैंसम्ममा उनीहरुले ठूलो मूल्य चुकाउनुपर्छ।

नेपालमा बहुसंख्यक हिन्दु छन्, अझै प्रष्ट रूपमा भन्दा नेपाललाई हिन्दुराज्य हो भनेर संविधानले घोषणा नगरे पनि नेपालीले ‘नेपाल हिन्दुराज्य नै हो’ भनेर मान्दै आएका छन्। यस्तो अवस्थामा अब क्रमशः आएका हिन्दु धर्मका ठूला चाडवाड तथा जात्रालाई मनाउन सरकारले निशेधज्ञा गरेर देशलाई लकडाउनको भुमरीमा फसाइ रहने हो भने त्यसविरुद्ध लाखौं मान्छे सडकमा आउनेछन्। संस्कृति र धर्मलाई बचाउन लाखौं मान्छे सडकमा आए के होला ? त्यसैले मान्छेलाई जातीय तथा धार्मिक हिसाबले विभाजित हुन नदिन र नेपालीहरुको संस्कृतिलाई मर्न नदिन अहिले जारी निषेधाज्ञा तत्काल हटाउँ। किनकि र बिना औषधि अस्पतालबाट करोडौं मान्छे निको भएर घर फर्किने रोगसँग यति धेरै डराउन जरूरी छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here