नविनाको नविन सोच “आमाछोदिङमोलाई कसरी देशकै नमुना गाउँपालिका बनाउने ?”

साबिकको पार्वतीकुण्ड गाउँपालिका नाम परिवर्तन भएर बनेको छ आमाछोदिङमो गाउँपालिका ।
जहाँ गतलाङ, गोज्जुङ, चिलिमे र हाकु गाविसको वडा नं १ देखि ७ सम्मका वस्ती अटाएका छन् र केन्द्र तोकिएको छ गोल्जुङ ।
यही गाउँपालिकाको उपाध्यक्ष हुन् नविना लामा । यही गाउँपालिका हो जस्मा नयाँ शक्ति पार्टीका तर्फबाट बुर्चुङ तमाङले पार्टीको इज्जत बचाइदिएका थिए अध्यक्षमा निर्वाचित भएर ।
रसुवा देशकै तेश्रो पर्यटकीय गन्तव्य । र यो पालिका ग्रामीण पर्यटनका लागि प्रवल सम्भवना बोकेको गाउँपालिका हो यो । जहाँ तामाङ सम्पदा मार्ग अर्थात् ग्रामीण पर्यटनका पूर्वाधारहरू रहेका छन् र वर्षेनी आन्तरिक तथा वाह्य पर्यटकको आगामन भइरहेको छ ।
गणेश,साञ्जेन हिमाल, पाल्दोरपिक जस्ता हिमाल तथा धार्मिक र पर्यटकीय स्थल पार्वतीकुण्डका कारण यहाँ दीगो पर्यटन व्यवसायको प्रवल सम्भवना छ ।
यहाँ परम्परागत शैलीका घरहरू, मानी, छुर्तेन र गुम्बाहरू रहेका छन् । नाकथली जस्तो रमणीय दृश्यावलोकन गर्ने स्थलहरू यहाँ प्रशस्तै छन् ।
यही पालिमा भित्र पर्दछन् त्रिशुली करिडोरसँगै यो पालिका सञ्चालित चिलिमे जलविद्युत आयोजना (२२ मे.वा.), निर्माणाधिन माथिल्लो साञ्जेन (१४.८ मे.वा.), तल्लो साञ्जेन (४२.५ मे.वा.), तथा निर्माणका लागि सर्भे सम्पन्न सालासुङ्गी (७८ मे.वा.) जस्ता आयोजनाहरूको प्रभावित क्षेत्र पनि हो ।

नविना तमाङ
उपाध्यक्ष
आमाछोदिङमो गाउँपालिका

चिराईतोलगायतका विभिन्न जडिबुटी खेतीबाट पनि यहाँका जनताले जीविकोपार्जनमा उल्लेखनीय सुधार गरिरहेका छन् । यस क्षेत्रमा विविध ग्रामीण कृषि सडकसँगै पासाङल्हामु राजमार्ग तथा सोमदाङ सडक फैलिएको छ । यहाँ प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । जहाँ जनैपुर्णिमाको अवसरमा ठुलो मेला लाग्ने गर्छ ।
रसुवा जिल्लाको धार्मीक क्षेत्रको हिसाबले गोसाईकुण्ड पछि दोस्रो कुण्डको रुपमा समते पार्वतीकुण्ड । पौराणिक कथनमा भगवान शिवले विष सेवन गरेर पानीको खोजीमा गोसाईकुण्डमा आएको भन्ने धार्मिक मान्यता छ । सोहि अनुसार देवी पार्वती महिनावारी(परसर्दा) को बेलामा महादेवलाई हेर्न नुहुने भएका कारण पार्वती सोहि कुण्डमा आएर बसेकी किवदन्ती सुन्न पाइन्छ ।
गाउँपालिकाको नामाकरण गर्दा यही नामको आधारमा पार्वती कुण्ड रहन गयो । हाल यो ठाँउलाई स्थानीयको भाषाअनुसार आमाछोदिङमा रहन गएको छ । यो कुण्डमा सन्तान नहुनेहरु पनि पुग्ने गर्छन । जहाँ पुगेर दशृन गर्नाले सन्तान लाभ हुने किवदन्ती छ ।
पालिकामा विशेष गरि आलु, मुसुरोको अतयाधिक उत्पादन हुन्छ । निर्वाचन सम्पन्न भएको ३ बर्ष पुरा हुँदा आमाछोदिङमो गाउँपालिकामा भएका विकास निमाणका कामहरु के कस्ता छन् यहि सेरोफेरोमा हामीले प्रश्न राख्यौं सोहि पालिकाका उपाध्यक्ष जो २ भोटको अन्तरालमा चुनावमा विजयी भएकी थिइन् । उनै हुन नविना तमाङ ।
हाल सम्म भएका सुधारका कामहरु
हाम्रो पहिलो बर्ष त विशेष गरि काम सिक्न र अनुभव गर्नमा नै वित्यो । नियमहरु बुझ्यौ सहि र गलत कुराहरु । हाम्रो देश ०७२ सालको भूकम्पको महामारीमा थियो । अझ यसको प्रभाव रसुवामा धेरै थियो । सग्ला न त घर थिए न बाटोघाटो । हाम्रो काम पुननिमार्णमा नै वित्यो रात दिन नभनी । आज हाम्रो गाउँको मुहार नै परिवर्तन भएको छ । निजी निवासदेखी मन्दिर, गुम्वा, स्कूल, अस्पतालहरुको पुन निमार्ण भयो । यो पालिकामा हिड्नमा समेत गोरेटो बाटो थिएन । आज गाडि चल्ने समेत भएको छ । त्यस्तै खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै फड्को मारेको छ । हाम्रो पालिकामा उत्पादन भएको आलु र कालो मुसुरोलाई वजारीकरण भइरहेको छ ।
यो वर्षका योजनाहरु
मेरो एउटै लक्ष्य र प्रतिज्ञा छ कि यो हाम्रो गाउँपालिकालाई कसरी देशकै एउटा नमुना गाउँपालिका बनाउने ? अनि यहाँ स्थानीयस्तरमा उत्पादित वस्तुलाई अन्तराष्टिय नाका चाइनामा समेत पुर्याएर यहाँको जनताको जीवनस्तर उठाउने ?विषेशगरी यहाँको कृषि उत्पादनलाई प्राथमिकता दिएका छौँ । यहाँको अर्गानिक आलु, मकै, कोदो, फपर, आदीलाई व्यवसायीक उत्पादन गर्ने र अर्को फलफूल खेतिलाई पनि जोड दिएका छौ । स्याउ, सुन्तला, खेतिको राम्रो व्यवस्थापन गर्ने काम गरेका छौँ । उत्पादन भएका उत्पादित वस्तुलाई अन्तराष्टिय नाका चाइनामा समेत पुर्याउने हाम्रो योजना रहेको छ । त्यस्तै स्वास्थ्य, शिाक्ष, यातायतलाई पनि अझ विकास गर्ने हाम्रो योजना रहेको छ ।

विकास निमार्णका लागि केन्द्र र प्रदेश सरकारबाट सहयोग
बास्तवमा भन्ने नै हो भने अहिले सम्म त केन्द्र सरकारले नै सहयोग गरेको छ । प्रदेश सरकारले खासै धेरै सहयोग गरेको छैन् । सान तिना सहयोग गरेका त हुन्छ तर, त्यसले खासै केहि पुग्दैन् । जति पनि बजेट आउँछ, सबै केन्द्रबाट मात्र आएको छ हाल सम्म ।
कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध
जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुजस्तो हुन्छ । शुरुमा हामीलाई धेरै ऐन नियमका कुराहरु थाहा थिएन् ।
कामहरु गर्न खोज्दा पनि अनेक नीति नियम र कानुनहरुले अल्झाउथें । तर सिक्दै गयौं । तर आज यस्तो अबस्था छैन् । काम गर्ने क्रममा केही समस्या आयो भने तत्कालै हामी छलफल गरी निकास खोज्छौ । र सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा प्रवाह गर्ने प्रयाश गर्दै आइरहेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here