अनुगमन समितिको प्रतिबेदन एक पक्षीय, व्यवस्थापनलाई जोगाउने नौटंकी

उत्तरगयाँ गाउँपालिकाको क्वारेन्टाइनबाटै कोरोना संक्रमण फैलियो । क्वारेन्टाइनमा बसेर दुई पटकसम्म कोरोना परिक्षण गर्दा नेगेटिभ रिजल्ट आएकोमा तेश्रो पटक परिक्षण गर्दा पोजेटिभ नतिजा आयो । त्यही क्वारेन्टाइनमा संक्रमित रहेका व्यक्तिबाट अरुमा समेत कोरोना संक्रमण भएसँगै गाउँपालिकाको जनप्रतिनिधिहरुको चर्काे आलोचना भयो । कोरोना रोकथाम तथा नियन्त्रणका नाममा मात्र ७० लाख खर्च भएको विवरण सार्वजनिक भएको छ । तर क्वारेन्टाइनहरु मापदण्ड विपरित रहेको र भेडा बाख्राको खोरजस्तो बनाइएपछि क्वारेन्टाइनबाटै जोखिम फैलिएको अवस्था छ ।
यस्को चर्काे आलोचना भएपछि अघिल्लो साता अध्यक्ष उपेन्द्र लम्सालले आफ्नो कर्तुत लुकाउन छानबिन समिति बनाए । साता दिन लगाएर समितिले प्रतिवेदन त सार्वजनिक गर्यो तर व्यवस्थापकको गल्ती ढाकछोप गर्ने गरी ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि कतिपय स्थानीय तहले खेलेको भुमिका स्तुत्य छ । तर यही समयमा केही जनप्रतिनिधि र कर्मचारीहरुका लागि दशैं आएको छ ।
जस्तो सिराहा नगरपालिकाले एउटै तन्ना आठ हजारमा खरिद गरेको छ भने,सिरानीको खोल २८०० मा खरिद गरेको बिल सार्वाजनिक भइसकेको छ । उत्तरगयाँ गाउँपालिकाले खर्चको एकमुष्ठ विवरण ७० लाख त सार्वजानिक गरेको छ तर त्यो कति पनि पारदर्शी छैन् । हामीलाई ७० लाख को पाइ पाई हिसाब चाहिन्छ । हिसाब खोज्ने हाम्रो अधिकार हो ।

२०७७/०५/१२ उत्तरगया गाउँपालिकाका अध्यक्ष श्री उपेन्द्र लम्सालद्धारा गठित छानबिन समितिले निकालेको प्रतिबेदन अनुसार हामीले नबुझेको प्रश्न :

उत्तरगयाँको क्वारेन्टाइनमा चरम लापरवाही,अध्यक्ष लम्सालको गैरजिम्मेवारीपनाले जिल्लाबासीलाई सास्ती

जम्मा क्वारेन्टाइन बेड संख्या ६२

२: राहत बितरण ३१०० घर(ढुवानी खर्च बाहेक बाडिएको राहत ३५९११५१\-)
नोट: ५९११५१÷३१००=११५८ अब तपाईं हामीले पाएको राहतको मूल्य हेर्नू होला!!बितरण गरेको राहत गुणस्तरीय थियो त्यति राहत ११५८रुपैयाँमा पाइने रहेछ त गाउँपालिकाले स्थानीय स्तरमा रहेका ब्यापारीलाई किन छुट दिदैछ??त्यही चामल प्रती बोरा १७०० लिग्दा कालो बजारी भएन र??अनि बितरित राहतको हिसाब हामिले कसरी पत्याउनु??

३: अनुगमन समितिले देखाएको खर्च जम्मा ७०५२३३१\-गाउँ पालिका प्रमुखले राष्ट्रिय मिडियामा देखाउनु भएको जम्मा १०लाख(७०५२३३१-१००००००)=६०५२३३१ अन्य रकम राज्यको होइन र??फेरि राज्यले व्यवस्थापन खर्च दिएन भन्नुको अर्थ के बुझ्दिनु पर्ने हो हामीले ??

४: १.२.२को अन्तिम बुदा अनुसार सम्बोधन भयो त?
क्वारेन्टाइनमा बस्ने मात्र दोसि देखिने व्यवस्थापन चोखो हो?(दोसि को सायद अनुगमन समिति निर्माण गर्नुको मुख्य उदेश्य नै यहि होइन र??)??

५: २.१ को दोस्रो बुदामा पोजेटिभ आएपनी रिफर गर्ने ठाउँ छैन(पालिका प्रमुख)अनुगमन समिति रिफरको वयवस्था मिलाएको {{{ झुठ को??}}}

६: २.१.१को ११ नम्बर बुदामा स्वास्थ खाने कुराको सवालमा गलत फोटोलाई मिडियाबाजि गरियो कि यहि खानालाई स्वास्थ खाने कुरा भनिन्छ ?

७: २.१.१को १२औं बुदामा क्वारेन्टाइनको एउटा खाट बाट अर्को खाटको दुरी १ मिटर वा सो भन्दा बढी!!खाटको तस्वीर तल हेर्नू होला!!

८: २.१.१को१९ औं बुदामा अभद्र व्यबहार गरिएको सवालमा जनता द्वारा चुनिएका जनप्रतिनिधिको अनुगमन समिति माथी त अभद्र व्यबहार गरिन्छ भने त्यहाँ खटिएका अन्यलाई व्यवस्थापकलाई कस्तो व्यबहार गरिन्छ होला!अभद्र ब्यबहर गर्नेलाई कुनै कार्वाहीको सिफारिस नगर्नुको कारण के होला??

९: २.१.२ को २०औं बुदामा नैतिकता बिपरित सत्यतथ्य नबुझी एक पक्षीय समाचार प्रसारण गरेको (( २-२ पटक नेगेटिभ रिपोर्ट आएको कुरा गलत हो?अन्तिम चोटि पोजेटिभ आएकोपनि गलत हो?जम्मा १० लाख मात्रै रकम राज्यको यो ठिक हो??यस सवालमा प्रश्न अगाडी गरेको छु??अनि अनुगमन समितिको प्रतिबेदनमा २ पटक नेगेटिभ आएको र तेस्रोपटक पोजेटिभ रिपोर्ट आएको विषयमा चाहिँ छानबिन गर्नै बिर्सेछ कि के हो??२३पानाको प्रतिबेदनमा कतै भेटिएन त??पालिका प्रमुखले सार्वजनिक मिडियामा बोलेका कुरा सबै सत्य हुन त?मिडियाले गलत गरेको देख्ने जनप्रतिनिधिले पालिका प्रमुखले गलत बोलेको किन देखेन??

१०: जनताले वेबसाईट हेर्न नजानेका हुन कि त??वेबसाईट डिटेल खुलाउन किन कन्जुस्याइँ??

११: २.१.३ घ अन्तर्गत(सुधार गर्न पर्ने पक्ष)क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले निर्देशन र सुझाव बेवास्ता गरेको भन्ने सवालमा!! व्यवस्थापन समितिलेपनि लापरबाही गरेको हो कि क्वारेन्टाइनमा रहनेले मात्र??एकतर्फी कमजोरी मात्र देखाउनुको कारण कसैलाई बचाउने प्रयास त गर्दै छैन अनुगमन समिति??

१२: २.२ को क अनुसार अनुगमन समितिले देखाएको रकम ७६२०६७७ र पालिका प्रमुखले देखाएको रकम १० लाख ((७६२०६७७-१००००००)) मिडिया गलत कि को??

१३: २.२ख को ३ नम्बर बुदामा निर्मित क्वारेन्टाइन बेड संख्या ६२ वटा –निर्माण तथा व्यवस्थापन खर्च १०६८५८७\-[१०६८५८७÷६२= प्रती बेड १७२३५.२७]अब अनुगमन समितिलाई प्रश्न
के अनुगमन समितीले १७२३५.२७ पैसा प्रती बेड व्यवस्थापन खर्च नै भएको निस्कर्स निकालेको हो त??

१४: २.२ ख को ८ औं नम्बरमा प्रहरी कर्मचारी तथा स्वास्थकर्मिलाई भत्ता सवालमा केही दिन अगाडि स्वास्थकर्मिले कुनै भत्ता नपाएको गुनासो झुठो हो?अर्को कुरा जम्मा रहेको क्वारेन्टाइन ५ वटा!!मानौँ एउटा क्वारेन्टाइनमा १० जना सुरक्षाकर्मी तथा स्वास्थकर्मी {१६०४२५०÷५०}प्रती ब्याक्ती ३२०८५ रुपैयाँँ के यो रकम अग्र पङ्क्तिमा रहनेले पाएका छ्न त??

१५: एम्बुलेन्सको सवालमा देखाइएको खर्च प्रती ट्रीप काठमाडौ आवतजावत खर्च ७००० राख्दा पनि एम्बुलेन्सले हाल सम्म ५१ चोटि काठमाडौ आवातजावत गर्नु पर्ने देखिन्छ ??सायद ५१ जनाले त्यो सुबिधा पाए या पाएनन्??

१६: २.२.१ क अन्तर्गत साबुन र मास्क खर्च ३४२९०\-(३४२९०÷२०० धुरी)घर धुरी तल माथी पर्न सक्छ) जम्मा रु१७१ प्रती घर पर्नु पर्ने देखिन्छ।।रकम सानो भएपनि शीर्षक अनुसार अलि नमिल्दो पो हो कि??

१७:२.२.१ ख मा वडा न १ को क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन खर्च १० बेड बराबर १ लाख देखिन्छ प्रती बेड १०००० लगानी भएको छ त?

१८: वडा न २ को क्वारेन्टाइन निर्माण खर्च देखाइएको छैन अनि अनुगमन समितिले गरेको छानबिनले देखाएको हिसाबकिताबमा हामी जनता कसरी ढुक्क हुने जुन हिसाब देखाइयो त्यो यथार्थ हो भनेर बिश्वास गर्ने आधार के छ??यदि अनुगमन समितीले देखाएको हिसाब यथार्थ हो भने वडा न २ को क्वारेन्टाइन कसरी बन्यो??के त्यो निशुल्क बनेको हो??होइन भने दुधको साछी बिरालो जस्तै भएन र??

१९: वडा नम्बर ३ को क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन खर्च र वडा नम्बर ४ को क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन खर्चमा आकाश जमिनको फरक देखियो १० बेड तयार गर्न २००००\- अर्को ठाउँमा त्यही १० बेडको १०००००\-यो पनि हामीले पत्त्याइदिनु पर्ने हो र??

——-माफ गर्नु होला अनुगमन समितिको प्रतिबेदन एक पक्षीय देखियो !!व्यवस्थापनलाई जोगाउने नाटकको मन्चन मात्रै देखियो———-

प्रतिवेदन हेर्न तल क्लिक गर्नुहोस

क्वारेन्टाइन अधययन प्रतिवेदन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here