कर्मचारीको “खुट्टा काटिदिने” धम्की दिने वडाअध्यक्षलाई कारवाही नभएसम्म सम्पूर्ण कामकाज बन्द

देवदह नगरपालिकाका एकजना वडाअध्यक्षले नगरपालिकाका एक कर्मचारीलाई अपशब्द प्रयोग गर्दै खुट्टा काटिदिने धम्की दिए ।
कर्मचारीमाथिको यो अश्लिल गालीगलौज र अंगभङ्ग गरिदिने धम्कीपछि नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुले ती वडाध्यक्षलाई कारवाहीको माग गर्दै कारवाही नभएसम्म कामकाज रोक्ने घोषणा गरेका छन् ।
देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारी रमेश गिरी(अधिकृत सातौँ)लाई वडा नम्बर १२ का वडाध्यक्ष बाबुलाल यादवले धम्की दिएका थिए ।
तत्कालीन नेकपा एमालेका तर्फबाट देवदह नगरपालिका वडा नंं. १२ का अध्यक्ष बनेका बाबुलाल यादवले नगरपालिकाका योजना, प्रशासन तथा अनुगमन शाखा प्रमुख रमेश गिरीलाई तल्लोस्तरको गालीगलौज र खुट्टा काटिदिने धम्की दिएका हुन् ।
उनीहरुले संयुक्त रुपमा विज्ञप्ती निकालेर कर्मचारीलाई दिइएको धम्कीको नगरपालिकाका कर्मचारीले घोर भत्र्सना गरेका छन् । साथै वडाध्यक्ष यादवलाई कारबाहीको दायरामा नल्याउन्जेलसम्म कर्मचारीबाट गरिने कार्यसम्पादन गर्न नसकिनेसमेत कर्मचारीले जनाएका छन् ।
यसबाट सेवाग्राहीहरूमा पर्न जाने असुविधाप्रति सम्पूर्ण कर्मचारी परिवार क्षमाप्रार्थि छ, विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here