कर्मचारी सरुवाले बढाउँदैछ कोरोना संक्रमणको जोखिम

सरकारले गत १० भदौंमा ६० सह सचिवको सरुवा गर्यो । यस्तै महालेखा नियन्त्रकको कार्यालयले ७३ लेखापाल,५३ लेखा अधिकृत र २८ लेखाका उपसचिवहरुको सरुवा गर्यो ।
कोरोना माहामारीकै बेला संघका कर्मचारीहरु प्रदेशतिर सरुवा भए भने प्रदेशका कर्मचारीहरु संघमा तानिए ।
जसमा प्रदेशका सचिवहरु संघमा तानिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्द निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव राई, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दामोदर रेग्मी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीहरु संघमा तानिए ।
यस्तै सामान्य प्रशासन मन्त्रालयले यही समयमा १ सय ६२ अधिकृतको सरुवा गरेको छ ।
गृह मन्त्रालयले सिडियोहरु चलाइरहेकै छ । पछिल्लो चरणमा मात्र गृहले ६ प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गर्न भ्याएको छ ।
गृहले नै भदौं १५ गते ७२ जना डिएसपीहरुको हेरफेर गरेको छ ।
यसले कोरोना भाइरस ओसारपसार हुने जोखिम देखिएको र कर्मचारीमार्फत नै संक्रमण बढ्न सक्ने भन्दै चिन्ता प्रकट हुन थालेको छ ।
यस्तो अबस्थामा कर्मचारीहरुको सरुवा गर्नाले देशलाई आर्थिक नोक्सानी हुने मात्रै होइन तनावसमेत बढ्ने प्रशासकहरु बताउँछन् ।
कोरोना संक्रमणबाट पहिले सुरक्षित रहेका ओखलढुंगा, पाँचथर, भोजपुर, खोटाङ र संखुवासभामा अहिले सरुवा भएर र घर बिदामा पुगेका प्रहरीसँगै सरकारी कर्मचारीबाट कोरोना भित्रिन थालेको छ । प्रहरी र कर्मचारीबाट पछिल्लो समय असुरक्षित बन्न थालेकोमा नागरिक चिन्तित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here