राज्यकोषबाट तलब सुबिधा लिने ५ लाख बढीको तलब डेढ महिनादेखि रोकियो

सरकारी तलब थाप्ने निजामती कर्मचारी,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,जनप्रतिनिधि,पेन्सनवाला,सांसददेखि मन्त्री प्रधानमन्त्री राष्ट्रपतिसम्मले साउन महिनाकै तलब बुझ्न पाएका छैनन् ।
महालेखा नियन्त्रक कार्यालयको ढिलासुस्तीका कारण सरकारी कोषबाट तलब थाप्ने कर्मचारीहरुले साउन महिनाकै तलब पाउन नसकेका हुन् ।

महालेखा नियन्त्रक कार्यालयले सिष्टम अपग्रेड गर्ने नाममा ढिलासुस्ती गर्दा साउन महिनाको तलब रोकिएको छ । अरु समयमा महिनाको २८ गतेभित्रै तलब पाउने कर्मचारीहरुले डेढ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

सरकारी कोषबाट तलब बुझ्ने ९५ हजार निजामती कर्मचारी,७० हजार बढी सुरक्षाकर्मी,३७ हजार बढी जनप्रतिनिधि,२ लाख पेन्सनरसमेत गरी पाँच लाख भन्दा बढी छन् ।
अहिलेसम्म संघीय संसदका केही कर्मचारी,विदेशी नियोगमा कार्यरतहरु बाहेक अरुले भदौं मध्य बित्दासमेत साउन महिनाकै तलब थाप्न पाएका छैनन् ।
महालेखा नियन्त्रकको कार्यालयले कम्प्युटर गभर्मेन्ट अकाउन्टिङ् सिस्टम (सिग्यास) अपग्रेडको बहानामा साउन महिनाको तलब आधा भदौं बित्दा समेत नपठाएपछि सरकारी कर्मचारी र जनप्रतिनिधिहरुमा छटपटाहट शुरु भएको छ । सेवा सुविधा अद्यावधिक गर्ने भन्दै महालेखा नियन्त्रकको कार्यालय (मेलेनिका) ले सिग्या सफ्टवेयर अपग्रेड गरी सिग्यास प्लसलाई सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ ।
तर सोही सफ्टवेयर अगपग्रेडमा ढिलाई हुँदा अर्काे महिनाको तलब आउनुपर्ने अवस्था भइसक्दा पनि साउन महिनाकै तलब पाउन नसकेको कर्मचारीहरुको गुनासो छ ।
अर्काेतिर कर्मचारीहरुले भने सरकारी कोष नै टाट पल्टिएका कारण तलब पाउन ढिलाई भएको हो कि भन्ने आशंका गरिरहेका छन् । तर महालेखा नियन्त्रक गोपीनाथ मैनाली राज्य कोषमा पैसा नभएका कारण नभइ सिष्टम अपग्रेडका कारण तलब पठाउन केही ढलाई भएको सुनाउँछन् ।
मैनालीका अनुसार ६० वर्षदेखि प्रयोग गरिँदै आएको सरकारी लेखा प्रणालीको सिस्टम अपग्रेडको काम चलिरहेको छ । अब क्रियाकलापमा आधारित लेखा प्रणाली (एक्टिभिटी बेस्ड एकाउन्टिङ सिस्टम)को सुरुवात गर्न कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली (सी–गास) र विद्युतीय भुक्तानी प्रणाली (ईएफटी)लाई संयोजन गर्नुपर्दा केही ढिलाइ भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here